images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आवासीय चिकित्सकको कार्यबोझ र श्रम शोषण...

आवासीय चिकित्सकको कार्यबोझ र श्रम शोषण घटाउन काठमाडौँ विश्वविद्यालयसँग माग

आवासीय चिकित्सकको कार्यबोझ र श्रम शोषण घटाउन काठमाडौँ विश्वविद्यालयसँग माग

images
images
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ। काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स,धुलिखेलमा कार्यरत युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूले आवासीय चिकित्सकहरूको अत्यधिक कार्यबोझ र श्रम शोषण अन्त्य गर्न माग गर्दै डीनसमक्ष निवेदन पेस गरेका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको सङ्घर्ष समितिका तर्फबाट डा. प्रज्ञान बस्नेतले शुक्रबार बुझाएको पत्रमा नेपालको श्रम ऐनले तोकेको मापदण्ड विपरीत आवासीय चिकित्सकहरूलाई एकै पटक ३६ घण्टासम्म र सातामा एक सय घण्टाभन्दा बढी काममा लगाइएको उल्लेख छ। शिक्षण अस्पतालहरूको मेरुदण्ड मानिने र नेपाल मेडिकल काउन्सिलमा दर्ता भइसकेका यी चिकित्सकहरूमाथि भइरहेको चरम श्रम शोषण तत्काल रोक्नुपर्ने अभियानको भनाइ छ।

    images
    images

    नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोगका साथै त्रिभुवन विश्वविद्यालय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले हप्तामा अधिकतम दुई वटा मात्र २४ घण्टे ड्युटी राख्न र सो पश्चात् अनिवार्य आरामको व्यवस्था मिलाउन सूचना जारी गरिसकेको निवेदनमा जनाइएको छसोही नियम र मर्मलाई आत्मसात् गर्दै काठमाडौँ विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त मेडिकल कलेजहरूमा पनि २४ घण्टे ड्युटी सातामा दुई वटाभन्दा बढी नराख्न र ड्युटी पछि अनिवार्य विश्रामको व्यवस्था मिलाउन सङ्घर्ष समितिले माग गरेको छ।

    754960172_1037346562338464_7880027778379160957_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend