images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • राजस्व विभागको उपहार कार्यक्रममा सहभागी हुन...

राजस्व विभागको उपहार कार्यक्रममा सहभागी हुन आग्रह

राजस्व विभागको उपहार कार्यक्रममा सहभागी हुन आग्रह

images
images
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौ।आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन सबै उपभोक्तासँग आग्रह गरेको छ ।विभागले नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एक पटकमा एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बीजक लिएका योग्य उपभोक्ताले २०८३ साउन १ गतेदेखि जारी भएका खरिद बीजकको विवरण विभागको प्रणालीमा प्रविष्ट गरेर उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन।

    images
    images

    जसका लागिविभागले नयाँ पोर्टल समेत सार्वजनिकगरेको छ । त्यसमार्फत दर्ता गर्ने व्यवस्था खुला गरेको विभागको भनाइ छ ।विभागका अनुसार भुक्तानी सेवा प्रदायकमार्फत गरिएको विद्युतीय भुक्तानीबाट २०८३ साउन १ गतेदेखि भएका खरिद भने यस उपहार कार्यक्रममा स्वत: समावेश हुनेछन् । त्यसैले त्यस्ता खरिदका बीजकको विवरण छुट्टै प्रणालीमा प्रविष्ट गर्न आवश्यक नपर्ने विभागले स्पष्ट पारेको छ ।

    विभागले सबै उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बीजक लिन र समयमै आवश्यक विवरण प्रविष्ट गरी उपहार कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास, कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो योजना सञ्चालन गरेको बताइएको छ ।

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend