काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) अनुदान अन्तरगको नयाँ बुटवल–नेपाल भारत सीमापार प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ । १८ किमी लामो उक्त प्रसारण लाइन अबको एक महिनामा सञ्चालनमा ल्याउने गरि मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपालले काम गरिरहेको छ ।नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माणाधीन एमसीसी कै ४०० केभीको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म यो प्रसारण लाइन बन्दैछ । यो नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्ड हो । भारत खण्डको निर्माण भने नेपाल भारतले संयुक्त लगानीमा गरेका छन् । नेपाल खण्डको निर्माण भने एमसीसी गर्दैछ ।
प्रसारण लाइन बनाउन २०८१ भदौ १४ गते भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग एक करोड २३ लाख ६० हजार डलरमा ठेक्का सम्झौता भएको थियो । त्यसको दुई बर्षमा परियोजना सञ्चालनमा आउन लागेको हो ।यस परियोजनामा ५२ वटा प्रसारण टावर बन्दैछन् । त्यसमा गत असार मसान्तसम्म ४६ वटा टावर निर्माण भइसकेको छ । बाँकी ६ वटा प्रसारण लाइन पनि निर्माणको अन्तिम चरणमा छ । यस्तै ६ किमी प्रसारण लाइन खण्डमा तार तान्ने कार्य सम्पन्न भइसकेको एमसिए नेपालले जानकारी दिएको छ ।




.gif)



