images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • अर्थमन्त्रीले आज राष्ट्र बैंकका कार्यकारी...

अर्थमन्त्रीले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने

अर्थमन्त्रीले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सम्पूर्ण कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् । देशको वर्तमान वित्तीय अवस्था, आर्थिक समस्या र तिनका समाधानका उपायबारे समीक्षा गर्न बिहान ९:१५ बजे बैठक बस्न लागेको हो ।बैठक अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु हुनेछ ।  बैठकमा बैंकका गभर्नर र डेपुटी गभर्नरहरूसँगको नियमित भेटघाट र समन्वय भन्दा अलग हुनेछ । पहिलो पटक देशको वित्तीय नाडी छाम्न सक्ने कार्यकारी निर्देशकहरूसँग प्रत्यक्ष संवाद हुन लागेको हो ।

    images
    images

    देशको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिको गहिराइ बुझ्ने र उपलब्ध मौद्रिक उपकरणहरूको प्रभावकारी कार्यान्वयनमार्फत अर्थतन्त्रका समस्या पहिल्याई ठोस समाधानका उपायहरू निकाल्नु यस छलफलको मुख्य उद्देश्य रहेको छ।मौद्रिक नीति निर्माण र नियमनको व्यावहारिक पक्षमा प्रत्यक्ष संलग्न अधिकारीहरूसँगको अन्तरक्रियाले आगामी दिनमा नीतिगत निर्णय लिन थप सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend