images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • नेपाल स्काउटको नयाँ व्यवस्था: राष्ट्रिय स्कार्फ...

नेपाल स्काउटको नयाँ व्यवस्था: राष्ट्रिय स्कार्फ अब अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र प्रयोग हुने

नेपाल स्काउटको नयाँ व्यवस्था: राष्ट्रिय स्कार्फ अब अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र प्रयोग हुने

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले स्काउट स्कार्फ प्रयोगसम्बन्धी नयाँ व्यवस्था लागू गर्दै राष्ट्रिय स्कार्फ (National Scarf) को प्रयोगलाई अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा मात्र प्रयोग गर्ने निर्णय गरेको छ।विगत केही वर्षअघि सबै तहका स्काउट सदस्यहरुलाई एउटै राष्ट्रिय स्कार्फ नियमित रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको भए पनि नयाँ निर्णयसँगै अब कुनै पनि प्याक, ट्रुप, क्र्यू, स्काउट लिडर, प्रदेश वा स्थानीय तहका सदस्य तथा पदाधिकारीहरूले नियमित कार्यक्रम, तालिम, बैठक, समारोह वा अन्य गतिविधिमा राष्ट्रिय स्कार्फ प्रयोग गर्न पाउने छैनन्।

    images
    images

    यो निर्णयलाई राष्ट्रिय स्कार्फको गरिमा, विशिष्टता तथा राष्ट्रिय पहिचानको संरक्षण गर्ने दिशामा सकारात्मक र समयानुकूल कदमका रूपमा हेरिएको छ। अब प्रदेश, स्थानीय तह तथा स्काउट एकाइहरूले आफ्नै पहिचान झल्कने स्कार्फ स्वीकृत प्रक्रिया पूरा गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।यस निर्णयले विगतमा गलत ढंगले देशभर नियमित प्रयोगमा ल्याइएको राष्ट्रिय स्कार्फको प्रयोगलाई अन्त्य गर्दै यसको वास्तविक उद्देश्य अन्तर्राष्ट्रिय प्रतिनिधित्व लाई पुनः स्थापित गरेको विश्वास बरिष्ठ स्काउटर हरुले गरेका छन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend