images

२०८३ आश्विन २ गते

images
images
images

झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र

झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र

images
images
शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • भद्रपुर (झापा), २३ साउन । गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र खर्च भएको छ ।

    images
    images

    कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घीय सरकारबाट जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहका लागि विनियोजित पुँजीगत बजेट रु १२ अर्ब ६९ करोड ३४ लाख १० हजार ५९० मध्ये रु छ अर्ब ४७ करोड २५ लाख ४९ हजार १८६ मात्र खर्च भएको हो ।

    चालुतर्फ विनियोजित रु १७ अर्ब तीन करोड ६८ लाख ८८ हजार ९८ मध्ये रु १६ अर्ब २० करोडभन्दा बढी रकम खर्च भएको छ ।

    images
    images

    सङ्घीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत बजेट उपलब्ध गराउँदै आएको छ । उक्त बजेट स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा अन्य सार्वजनिक सेवाका क्षेत्रमा खर्च गर्ने व्यवस्था छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend