काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडर तथा क्षेत्रमा भूमिगत केबल जडान, चार्जिङ, पोल ठड्याउने, स्ट्रक्चर फिटिङ तथा फिडर मर्मत गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको छ।
प्राधिकरणका अनुसार शनिबार भीमसेनस्थान फिडरअन्तर्गत टेकु, १२ वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ वडा कार्यालय, १२ वर्षे इनार, पलाञ्चोक भगवती तथा आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
त्यस्तै, डिल्लीबजार फिडरअन्तर्गत कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा बिहान १२ बजेदेखि दिउँसो ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
यसैगरी, साउन २४ गते आइतबार लाजिम्पाट फिडरअन्तर्गत लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, ¥याडिसन होटल, लाजिम्पाट मेन रोड तथा आसपासका क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
प्राधिकरणले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार सुचारु गर्न सकिने जनाएको छ। साथै, निर्धारित समयमा प्राविधिक कारणले काम गर्न नसकिएमा अर्को दिनसमेत मर्मत कार्य गर्न सकिने प्राधिकरणको सूचनामा उल्लेख छ।




.gif)





