images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • एक वर्षमा एक करोड २० लाख...

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • सङ्खुवासभा, २४ साउन । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको अवधिमा रु एक करोड २० लाख सात हजार बक्यौता उठाएको छ । शाखाले आर्थिक वर्ष २०८२।८३ मा ७७१ ग्राहकबाट उक्त बक्यौता उठाएको हो ।  

    images
    images

    प्राधिकरणको खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र रु चार लाखभन्दा बढी बक्यौता उठाएको छ । प्राधिकरणले सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा तथा विभिन्न उद्योगबाट बक्यौता उठाएको हो । विद्युत् बक्यौता नतिर्नेमा हाइड्रोपावर, क्रसर उद्योग र सरकारी कार्यालयले विभिन्न उद्योगसमेत रहेका छन् । विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले आव २०८१।८२ मा रु ६६ लाख ७४ हजार  बक्यौता उठाएको थियो । 

    जिल्लामा ३१ हजार  ५९० ग्राहक रहेको प्रमुख  चौधरीले बताए । विद्युत् चोरी जरिवाना, पुनःलाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम सङ्कलन भएको हो । विद्युत् चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत् चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ । जिल्लामा उत्पादित ४६ मेगावट विद्युत्मध्ये छ मेगावट मात्र खपत भएको उनले बताए । 

    images
    images

    सङ्खुवासभामा ८० प्रतिशत भूभागमा विद्युत् विस्तार भइसकेको छ । विद्युत् सेवा भरपर्दो बनाउन तुम्लिङटार र बानेश्वरमा २२० केभीको सवस्टेशन गत वर्षदेखि नै सञ्चालन भइसकेको वितरण केन्द्रले जनाएको छ । जिल्लाको सिलिचोङ, मकालु, भोटखोला र सभापोखरी गाउँपालिकाका केही वडामा विद्युत् सेवा विस्तार हुन बाँकी छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend