images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • स्नो रिभर्सको नाफामा उछाल, विद्युत बिक्री...

स्नो रिभर्सको नाफामा उछाल, विद्युत बिक्री आम्दानी दोब्बरभन्दा बढी

स्नो रिभर्सको नाफामा उछाल, विद्युत बिक्री आम्दानी दोब्बरभन्दा बढी

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । स्नो रिभर्स लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा २४१ प्रतिशतले बढेको हो । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २४१.५० प्रतिशत बढेर ११ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३७ करोड ७५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

    images
    images

    त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा २७३.५९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १११.३९ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ५७.७७ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ५६ पैसा बढेर ११ रुपैयाँ ९३ पैसा पुगेको छ । चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ९ पैसा रहेको छ । ९३ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend