images

२०८३ आश्विन २ गते

images
images
images

प्रधानमन्त्री शाह र भारतीय राजदूतबिच भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय राजदूतबिच भेटवार्ता

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री बनेपछि शाहले  राजदूतसँग पहिलोपटक एक्लाएक्लै भेटवार्ता गरेका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ ।

    images
    images

    भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिएका थिए । उनले दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । यसअघि बालेनले कुनै पनि विदेशी राजदूतसँग यसरी एक्लाएक्लै भेट गरेका थिएनन् । एक पटक राजदूतहरुसँग सामूहिक भेट भने गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend