images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • सानीगाड हाइड्रोको नाफा ३९० प्रतिशतले बढ्यो,...

सानीगाड हाइड्रोको नाफा ३९० प्रतिशतले बढ्यो, २६ करोड ५८ लाख रुपैयाँ पुग्यो

सानीगाड हाइड्रोको नाफा ३९० प्रतिशतले बढ्यो, २६ करोड ५८ लाख रुपैयाँ पुग्यो

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिमसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा ३९० प्रतिशतको सुधार देखिएको हो ।विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा सानीगाड हाइड्रोले २६ करोड ५८ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८९.९४४ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीकले ४२ लाख ४४ हजार रुपैयाँ नाफाको कमाएको थियो ।

    images
    images

    समीक्षा अवधिमा कम्पनीको आम्दानीको मुख्य स्रोत अर्थात् विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि वृद्धि देखिएको छ । अघिल्लो वर्ष १ अर्ब ७ करोड ९ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी यस वर्ष बढेर १ अर्ब ११ करोड ५ लाख रुपैयाँ पुगेको छ जुन करिब ३.७० प्रतिशतको वृद्धि हो ।नाफा बढ्नुमा आम्दानीको वृद्धि मात्र नभई वित्तीय खर्चमा आएको उल्लेख्य गिरावटले पनि ठूलो भूमिका खेलेको देखिन्छ । कम्पनीको वित्तीय खर्च अघिल्लो वर्ष ५७ करोड ५१ लाख रुपैयाँ रहेकोमा यस वर्ष करिब २९.६२ प्रतिशतले घटेर ४० करोड ४७ लाख रुपैयाँमा झरेको छ ।

    कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि वृद्धि भएको छ । अघिल्लो वर्ष जम्मा २.७२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यस वर्ष बढेर ९.३३ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि १०४.५७ रुपैयाँबाट बढेर १११.८० रुपैयाँ कायम भएको छ । यस्तै कम्पनीको चुक्ता पूँजी २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा पनि उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्ष ९ करोड १२ लाख रुपैयाँ मात्र रहेको जगेडा कोष २६८.६९ प्रतिशतले बढेर ३३ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend