images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • चुलचुली गाउँपालिकाका इन्जिनियर र लेखा अधिकृतविरुद्ध...

चुलचुली गाउँपालिकाका इन्जिनियर र लेखा अधिकृतविरुद्ध ६ लाख घुसको आरोपमा मुद्दा

चुलचुली गाउँपालिकाका इन्जिनियर र लेखा अधिकृतविरुद्ध ६ लाख घुसको आरोपमा मुद्दा

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलचुली गाउँपालिकामा कार्यरत इन्जिनियर र लेखा अधिकृतविरुद्ध ६ लाख रुपैयाँ घुस लिएको अभियोगमा आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। पुलको डिजाइन स्वीकृत गर्ने र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको पाइएको भन्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा चलाएको हो।मुद्दा दायर गरिएकाहरूमा चुलचुली गाउँपालिकाका छैठौँ तहका इन्जिनियर डिल्ली राज खड्का र आठौँ तहका लेखा अधिकृत मिलन कुमार भट्टराई रहेका छन्। यसअघि अख्तियारको टङ्गाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो।

    images
    images

    अख्तियारको अनुसन्धानका क्रममा पुलको डिजाइन, थर्ड पार्टी भेरिफिकेसन तथा ठेक्काको बिल भुक्तानी प्रक्रिया सम्पन्न गराउन इन्जिनियर खड्का र लेखा अधिकृत भट्टराईले आपसी मिलोमतो गरेको खुलेको छ। उनीहरूले भुक्तानीमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग मोटो रकम माग गरेको र सोही कार्यमा संलग्न रहेको प्रमाण फेला परेपछि आयोगले कारबाही अघि बढाएको हो।आयोगले दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ६ लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवाना सजाय मागदाबी गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा सजाय दिलाउन माग गर्दै आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend