images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • कोशी प्रहरीमा पूर्वाधारदेखि जनशक्तिसम्म संकट, सुरक्षा...

कोशी प्रहरीमा पूर्वाधारदेखि जनशक्तिसम्म संकट, सुरक्षा व्यवस्थामै चुनौती

कोशी प्रहरीमा पूर्वाधारदेखि जनशक्तिसम्म संकट, सुरक्षा व्यवस्थामै चुनौती

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • विराटनगर । कोशी प्रदेशमा प्रहरीको भौतिक पूर्वाधार दयालाग्दो छ । तथ्याङ्क अनुसार ३५५ वटा युनिटको मात्र आफ्नै भवन छ । ८७ वटा प्रहरी कार्यालय अझै पनि भाडाका घरमा सञ्चालित छन् । ३३९ वटा कार्यालय सरकारी तथा विभिन्न संघसंस्थाको भवनमा आश्रित छन् । आफ्नै घर नभएको प्रहरीले नागरिकलाई कसरी स्थायी सुरक्षाको प्रत्याभूति दिन सक्छ ? प्रश्न गम्भीर छ ।प्रहरी संगठनभित्रको चरम असन्तुष्टिको सङ्केत राजीनामा दिनेको सङ्ख्याले देखाउँछ । कोशी प्रदेशमा मात्रै आर्थिक वर्ष २०८०/०८१ मा १०५ जनाले राजीनामा दिएकोमा २०८१/०८२ मा यो सङ्ख्या बढेर ३४० पुग्यो । २०८२/०८३ मा पनि १६६ जनाले बिचैमा जागिर छाडेका छन् ।

    images
    images

    दुई वर्षको अवधिमा भएको यो राजीनामाको लर्को सामान्य होइन । तल्लो तहका कर्मचारीहरूमा कामको अत्यधिक चाप, न्यून सुविधा र वृत्ति विकासको अनिश्चितताका कारण संगठनप्रति मोहभङ्ग भइरहेको देखिन्छ । अनिवार्य अवकाश पाउनु अगावै ठुलो सङ्ख्यामा जनशक्ति बाहिरिनुले प्रहरी नेतृत्व र सरकारलाई चुनौती दिएको छ ।‘प्रहरी संगठनमा बस्नु र दुबई–मलेसियामा काम गर्नु उस्तै छ,’ एक प्रहरी अधिकारीले भने, ‘घर परिवारलाई समय दिने कुरामा बरु विदेश बसेकाले देलान्, प्रहरी संगनठमा हुनेले पाउँदैनन् । विराटनगरको कुनै प्रहरी युनिटमा काम गर्ने र दुबई–मलेसियामा हुनु उस्तै हो । बरु विदेश हुनेको कमाइ राम्रो हुन्छ ।’सडक सुरक्षाको पाटो पनि समस्यामा रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार कोशी प्रदेशमा एक जना ट्राफिक प्रहरीले ९ हजार २१ जना नागरिकको सुरक्षा हेर्नुपर्ने बाध्यता छ । यो तथ्याङ्क अनुसार एक ट्राफिक प्रहरीको भागमा ९ हजार २१ नागरिक र १ हजार ९४८ वटा सवारी साधन तथा ४६ किलोमिटर सडक खण्ड पर्छ । यो जनशक्तिले २४ घण्टा सडकमा खटिएर दुर्घटना न्यूनीकरण गर्नु चुनौतीपूर्ण रहेको कोशी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले बताए ।

    ‘अहिले त झन् गाउँ गाउँमा डोजरे विकास भएको छ । जथाभाबी सवारी साधन कुद्छन् । त्यसलाई निगरानी र अनुगमन गर्न ठुलो जनशक्तिको खाँचो छ,’ उनले भने ।यही जनशक्तिको अभावका कारण सवारी दुर्घटनामा बर्सेनि ४ सयभन्दा बढी मानिसले ज्यान गुमाइरहेका छन् । सवारी दुर्घटनाबाट आर्थिक वर्ष २०८०/०८१ मा ३९७ जनाको मृत्यु भएको थियो । त्यसपछिका दुई आर्थिक वर्षमा क्रमशः ४१८ र ४४० जना मानिसको मृत्यु भएको छ । गत वर्षमात्रै ६ हजार ४१२ वटा सवारी दुर्घटना भएका थिए, जसमा ४४० जनाले ज्यान गुमाए भने १० हजार ६८७ जना घाइते भए ।सवारी कारवाहीबाट ९ करोड ४१ लाख राजस्व त सङ्कलन भयो, तर सडकमा ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको छ । सडकमा ट्राफिक नियमको पालना गराउनुभन्दा पनि दुर्घटना भएपछि शव उठाउने र मुचुल्का उठाउने काममा मात्र प्रहरी सीमित भइरहनुको पछाडि जनशक्ति अभाव नै हो ।प्रदेश प्रहरीको तथ्याङ्क अनुसार अझै ५८ वटा पालिकामा ट्राफिक प्रहरीको पहुँच नै छैन । सडक नपुगेको पालिका भने कोशी प्रदेशमा छैन । कोशी प्रदेशमा जम्मा ट्राफिक प्रहरीको सङ्ख्या ५५९ जना छ ।

    images
    images

    कोशी प्रदेश लागुऔषधको ट्रान्जिटमात्र होइन, हब नै बन्दै गएको तथ्याङ्कले नै देखाउँछ । गाँजा बरामदको परिमाण तीन वर्षमा १० हजार केजीबाट बढेर २७ हजार केजी पुग्नुले प्रहरी सक्रियता त देखाउँछ, तर उत्पादन र अवैध कारोबार बढिरहेको पुष्टि हुन्छ । प्रहरीले गत आर्थिक वर्षमा मात्रै २७ हजार ६९३ किलो गाँजा बरामद गरेको थियो ।यस्तै ब्राउन सुगर (खैरो हिरोइन) को बढ्दो कारोबार पनि कोशी प्रदेशको अर्को चुनौती हो । आर्थिक वर्ष २०८०/०८१ मा ३ केजी बरामद भएको ब्राउन सुगर २०८२/०८३ मा १० केजी नाघेको छ । यो तथ्याङ्कले लागुऔषधको जालो सहरदेखि गाउँसम्म पुगिसकेको देखाउँछ । यस्तै चरेश, विभिन्न मनोद्धिपक चक्की, इन्जेक्सन र अन्य विविध औषधिको आयात पनि बढिरहेको देखाएको छ ।प्रहरीले समुदाय–प्रहरी साझेदारी अन्तर्गत सयौँ कार्यक्रमहरू सञ्चालन गरेको दाबी गर्छ । लागुऔषध नियन्त्रणमा १ हजार ५ सय, आत्महत्या न्यूनीकरणमा ७६० र साइबर अपराधमा ५९२ वटा कार्यक्रम गत आर्थिक वर्षमै गरिएका छन् । तर, परिणाम देखिएको छैन । कार्यक्रमहरू बढिरहँदा आत्महत्याको सङ्ख्या १४ सय नाघेको छ । सचेतनाका कुरा भइरहँदा पनि लागुऔषध प्रयोगकर्ता र कारोबारी घटेका छैनन् । साइबर अपराधका उजुरीहरू पनि बढिरहेको छ ।

    प्रहरीले चलाएका सामुदायिक कार्यक्रमहरू निष्प्रभावी भएको यसले देखाएको छ । कार्यक्रमको ढाँचा र डेलिभरीमा गुणात्मक सुधार नहुँदा, नागरिकमा त्यसको प्रभाव कम देखिएको प्रहरी अधिकारी नै बताउँछन् । यद्यपि विगतका वर्षभन्दा अबका कार्यक्रम प्रभावकारी बनाउने प्रदेश प्रहरी प्रमुख डीआइजी शेखर खनाल बताउँछन् ।चुनौतीका बाबजुद कोशी प्रदेश प्रहरीले केही जटिल र जघन्य अपराधको अनुसन्धानमा भने सफलता पाएको जनाएको छ । ओखलढुङ्गामा भएको विभत्स हत्या र लुटपाटमा संलग्न गिरोहलाई हतियारसहित पक्राउ गर्नु, झापामा भएको सरोज शर्माको हत्या र शव गाडिएको घटनाको रहस्य पत्ता लगाउनु, सुनसरी र मोरङमा भएका हत्याका घटनामा संलग्न अपराधीहरूलाई छोटो समयमै कानुनी दायरामा ल्याउनु प्रहरीले आफ्नो सफलता मानेको छ ।प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) शेखर खनालले अबको बाटो परिणाममुखी हुने बताए । सुनसरीको देवानगञ्जमा फैलिएको हिंसापछि आएका डीआइजी खनालले आफ्नो भावी योजना नयाँ नभए पनि पुरानै योजनाबाट परिणाम दिने बताए ।

    ‘हामीले अहिले भोगिरहेका भौतिक संरचनाको अभाव, जनशक्तिको चाप र अपराधको बदलिँदो स्वरुप हाम्रा लागि चुनौती हुन् । यो सत्य हो । तर, हामी केवल समस्या देखाएर उम्किन चाहँदैनौँ । सीमित स्रोत र साधनका बावजुद पनि कोशी प्रदेशको सुरक्षालाई मजबुत बनाउन हामीले केही रणनीति अगाडि सारेका छौँ,’ उनले भने ।अबको जोड केवल सङ्ख्यात्मक प्रगतिमा मात्र नहुने प्रस्ट पार्दै उनले परिणाम दिन चाहेको बताए । उनले भने, ‘दुर्घटना न्यूनीकरण गर्ने काम सुरु भइसकेको छ । प्रहरीमा भइरहेको राजीनामा रोक्न र कर्मचारीको मनोबल बढाउन कार्यक्षेत्रको वातावरणमा सुधार ल्याउने प्रयास गरिरहेका छौँ ।’नागरिकले महसुस गर्ने गरी लागुऔषधको जालो तोड्न र जघन्य अपराध नियन्त्रण गर्न शून्य सहनशीलताको नीतिमा अगाडि बढेको जानकारी पनि उनले दिए ।कोशी प्रहरीले प्रदेशमा १० वटा मुख्य सुरक्षा चुनौती रहेको बताएको छ, जसमा सोसल मिडियाको दुरुपयोग, आर्थिक र साइबर अपराध, सीमावर्ती तस्करी, र स्रोत साधनको अपर्याप्तता प्रमुख छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend