images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • सिमरा प्राधिकरणको ७ अर्ब ८१ करोड...

सिमरा प्राधिकरणको ७ अर्ब ८१ करोड बक्यौता, चार उद्योगकै ७ अर्ब २१ करोड

सिमरा प्राधिकरणको ७ अर्ब ८१ करोड बक्यौता, चार उद्योगकै ७ अर्ब २१ करोड

images
images
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • बारा । विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्र अन्तर्गत आर्थिक वर्ष (२०८२/०८३) को असार मसान्तसम्म उठाउनुपर्ने बक्यौता रकम ७ अर्ब ८१ करोड ४९ लाख देखिएको छ ।प्राधिकरणले गत आर्थिक वर्षको वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने क्रममा उठाउनुपर्ने बक्यौता रकम सार्वजनिक गरेको हो ।७ अर्ब ८१ करोड ४९ लाख बक्यौतामध्ये बारा–पर्सा औद्योगिक करिडोरमा ४ ठुला उद्योगको डेडिकेटेड र ट्रङ्क लाइनको महसुल प्रमुख छ । विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर माधव महतले ४ ठुला उद्योगको मात्रै ७ अर्ब २१ करोड रुपैयाँ बक्यौता रहेको जनाए ।

    images
    images

    सिमरास्थित हुलास स्टिल, जगदम्बा, अशोक स्टिल र हामा आइरनमध्ये सबैभन्दा धेरै जगदम्बा स्टिलको १ अर्ब ६० करोड बक्यौता रहेको सिमरा वितरण केन्द्रले जनाएको छ । विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख कुलमान घिसिङको पालामा जगदम्बा स्टिलले १ किस्ता र अन्य ३ उद्योगले २ किस्ता रकम बुझाएका छन् ।प्राधिकरण सिमरा वितरण केन्द्र प्रमुख महतले गत वर्षको मंसिरदेखि उद्योगहरूले ट्रंक र डेडिकेटेड लाइनको किस्ता बुझाउन छोडेको बताए । ‘बिचमा एक पटक पत्राचार भएको थियो, त्यसपछि कुनै प्रतगि भएको छैन,’ उनले भने ।डेडिकेटेड र ट्रंक लाइनको बक्यौताले गर्दा शतप्रतिशत असुली हुन नसकेको प्राधिकरणले जनाएको छ ।प्राधिकरण सिमरा वितरण केन्द्र अन्तर्गत औद्योगिक ग्राहकहरूबाट मात्रै ४ अर्ब ६७ करोड राजस्व उठ्ने गरेको छ । सिमरा वितरण केन्द्रमा बारा–पर्सा औद्योगिक करिडोरका उद्योगीसहित ४२ हजार उपभोक्ता आबद्ध छन् ।

    सिमरा वितरण केन्द्रले क्षेत्रभित्र बाराको निजगढ नगरपालिका, जीतपुर सिमरा उपमहानगरको १८ वटा वडा, पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २९, ३१ र ३२, पर्सागढी नगरपालिका ६ वटा वडा र सखुवाप्रसौनी गाउँपालिकाको वडा नं १ पर्दछ ।सो कार्यालयले गत आर्थिक वर्ष २०८२/०८३ मा कुल राजस्व ५ अर्ब १९ करोड राजस्व सङ्कलन गरेको छ ।  आर्थिक वर्ष २०८१/०८२ मा भने ४ अर्ब ४२ करोड विद्युत् राजस्व सङ्कलन भएको थियो ।२ वर्षअघिको तुलनामा अघिल्लो वर्षमा विद्युत् उपभोग बढेसँगै राजस्व रकम पनि बृद्धि भएको हो । पछिल्लो आर्थिक वर्षमा ८८० जना नयाँ ग्राहक थपिएका छन् ।‘लगभग २ हजारभन्दा बढी ग्राहक थपिनुपर्नेमा मिटर अभावले थोरैमात्र ग्राहक थपिएका छन्,’ महतले भने ।प्राधिकरणले गत आर्थिक वर्ष विद्युत् लाइन काटेर ११ करोड ६० लाख रुपैयाँ असुली गरेको छ । विद्युत् चुहावटको अवस्था भने २ दशमलव ०६ प्रतिशतमात्रै छ ।

    images
    images

    सिमरा वितरण केन्द्र अन्तर्गत चुहावट समस्या भने खासै छैन । वितरण केन्द्रले पछिल्लो समय केही सुधारको काम अन्तर्गत ११ केभी लाइनलाई मर्मतसम्भार गरिएको छ । जीतपुरसिमरा–१६ स्थित पिलुवा स्वस्टेशनबाट वडा नं ४ को औराहासम्म विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा सेजमा ३३ केभी प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ ।विद्युत् बिक्रीको अवस्था आर्थिक वर्ष २०८१/०८२ मा ५७ करोड ३९ लाख यूनिट रहेकोमा २०८२/०८३ मा ६६ करोड ७४ लाख युनिट बिक्री भएको छ ।प्रमुख महतले एक आर्थिक वर्षमा ९ करोड ३४ लाख युनिट विद्युत् खपत बढेको बताए । उनले राजस्व रकम अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७७ करोड १० लाख बृद्धि भएको जनाए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend