images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • काठमाडौं उपत्यकासहित यी जिल्लाका साना नदीमा...

काठमाडौं उपत्यकासहित यी जिल्लाका साना नदीमा आकस्मिक बाढीको सम्भावना

काठमाडौं उपत्यकासहित यी जिल्लाका साना नदीमा आकस्मिक बाढीको सम्भावना

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि दर्जनौँ जिल्ला भई बहने साना नदीहरूमा भने आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित देशका करिब तीन दर्जन जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम देखिएको हो।आज बिहानको मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली र महाकाली नदीको जलसतह सतर्कता तहभन्दा तल छ। यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामै रहेको महाशाखाले स्पष्ट पारेको छ। प्रमुख नदीहरूमा तत्काल ठूलो जोखिम नदेखिए पनि आज दिनभर विभिन्न जिल्लाका खोलानाला आसपास विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

    images
    images

    'आज संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक आसपासका साना नदीमा जलसतह उल्लेख्य बढ्नेछ,' महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, 'यसका साथै गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व तथा पश्चिम, रुकुम पूर्व र पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके तथा बर्दियालगायतका जिल्लामा पनि आकस्मिक बाढीको मध्यम जोखिम छ।त्यस्तै सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपास भई बहने साना नदीमा समेत बाढीको सम्भावना रहेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    आगामी तीन दिनसम्म कोसी बेसिनका सप्तकोसी, तमोर, अरुण, दूधकोसी, तामाकोसी र सुनकोसी नदीको बहाव सामान्य रूपमा मात्र बढ्ने पूर्वानुमान छ। कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा पनि बहाव सामान्य दरमै बढ्नेछ।यद्यपि नारायणी बेसिनअन्तर्गतका देवघाट, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा भने आगामी तीन दिन (भदौ ३ गतेसम्म) जलसतह उल्लेख्य रूपमा बढ्ने प्रक्षेपण गरिएको छ। कर्णालीको चिसापानी, भेरी, पश्चिम सेती र महाकाली नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको भनाइ छ।साना नदीहरूको हकमा भने आगामी दुई दिन केही प्रदेशमा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ। भोलि र पर्सी गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ।

    images
    images

    778454401_122230117562355476_5920921932729451804_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend