images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • नक्कली विवरणबाट स्थायी नियुक्ति लिएको आरोप,...

नक्कली विवरणबाट स्थायी नियुक्ति लिएको आरोप, शिक्षक नवराज केसीविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली विवरणबाट स्थायी नियुक्ति लिएको आरोप, शिक्षक नवराज केसीविरुद्ध भ्रष्टाचार मुद्दा

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसी र तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।झुटो विवरण पेश गरी स्थायी शिक्षक बनेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।शिक्षक केसीले आफूलाई विस्थापित शिक्षक दाबी गर्दै झुटो विवरण पेश गरेर माध्यमिक तहमा स्थायी नियुक्ति लिएको थियो । वि.सं. २०६३ मा शिक्षक सेवा आयोगले अस्थायी विस्थापित शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गर्न दिने निर्णय गरेपछि केसीले जालसाजी गरेको हो । 

    images
    images

    उनले माध्यमिक विद्यालयको अस्थायी पदबाट राजीनामा दिएर प्राथमिक तहमा नियुक्ति लिएको थियो । तर, आफू माध्यमिक तहको विस्थापित शिक्षक भएको भन्दै झुटो विवरण पेश गरी आन्तरिक परीक्षामा सामेल भएर केसीले स्थायी नियुक्ति लिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।शिक्षक सेवा आयोगले २०६१ मंसिर १५ गते अस्थायी शिक्षकका लागि विज्ञापन खुलाउँदा केसीसँग न्यूनतम योग्यतासमेत थिएन । निजले त्यसअघि नै २०६१ असार २ गते स्थायी प्राथमिक शिक्षकको नियुक्ति लिइसकेको थियो । ‘अनुसन्धानका क्रममा केसीले आफू विस्थापित शिक्षक नभएको स्वीकार गरेको छ,’ अख्तियारले आरोपपत्रमा भनेको छ, ‘स्थायी शिक्षक भई राजीनामा दिएर गएको कुरा स्वयंले स्विकारेको छ ।’

    यसैगरी, तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । शिक्षक सेवा आयोगको दरखास्त फाराममा केसीले भरेको झुटो विवरणलाई न्यौपानेले प्रमाणित गरिदिएको थियो । न्यौपानेले नै स्वीकृत गरिदिएपछि केसीले परीक्षामा सामेल हुने मौका पाएको थियो ।झुटो विवरण पेश गरेर सरकारी नियुक्ति लिएको कारण अख्तियारले शिक्षक केसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कैद र जरिवानाको मागदाबी गरेको छ । त्यसैगरी, तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी न्यौपानेलाई सोही ऐनको दफा २२ बमोजिम मतियारको रुपमा सजाय हुनुपर्ने अख्तियारको माग छ । मुख्य कसुरदारले गर्ने कसुरमा मद्दत गरी गैरकानुनी लाभ पुर्‍याएको अभियोग न्यौपानेमाथि छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend