images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • अमेरिकाको विस्तारित आर्थिक प्रतिबन्ध सामना गर्न...

अमेरिकाको विस्तारित आर्थिक प्रतिबन्ध सामना गर्न ‘पूर्ण रूपमा तयार’ छाैँ - इरान

अमेरिकाको विस्तारित आर्थिक प्रतिबन्ध सामना गर्न ‘पूर्ण रूपमा तयार’ छाैँ - इरान

images
images
मंगलवार, भाद्र ९ २०८३
मंगलवार, भाद्र ९ २०८३
  • इरानले अमेरिकाले थप कडा बनाएको आर्थिक प्रतिबन्धको सामना गर्न आफू पूर्ण रूपमा तयार रहेको जनाएको छ। अमेरिकाले इरानलाई विश्व अर्थतन्त्रबाट अलग गर्ने प्रयासस्वरूप नयाँ प्रतिबन्ध घोषणा गर्दै यसलाई ‘आर्थिक डी–डे’को संज्ञा दिएको छ। इरानका अर्थमन्त्री अली मदानिजादेहले नयाँ प्रतिबन्धको सामना गर्न तेहरान पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले अमेरिकी कदमले अन्ततः अमेरिकाकै अर्को हार हुने दाबी गरेका छन्।अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले नयाँ प्रतिबन्ध घोषणा गर्दै इरानसँग आर्थिक कारोबार गर्ने कुनै पनि देशलाई समेत अलग्याइने चेतावनी दिएका छन्। उनले इरानसँग कारोबार गर्ने बैंक तथा व्यवसायले सम्बन्ध तोड्न अस्वीकार गरे उनीहरूले पनि इरानकै आर्थिक अलगाव सामना गर्नुपर्ने बताएका छन्।

    images
    images

     यी प्रतिबन्धलाई इरानविरुद्ध अमेरिकाले अघि सारेको ‘सबैभन्दा ठूलो वित्तीय आक्रमण’ भन्दै इरानको आम्दानीका सबै सम्भावित स्रोत बन्द गर्ने प्रयास भएको बताएका छन्। तर, केही अर्थशास्त्रीले नयाँ प्रतिबन्ध कति प्रभावकारी हुन्छ भन्ने कुरा इरानका व्यापारिक साझेदार राष्ट्रहरूको प्रतिक्रियामा निर्भर रहने बताएका छन्। इरानको सबैभन्दा ठूलो तेल खरिदकर्ता चीनले यसअघि पनि अमेरिकी प्रतिबन्धको बेवास्ता गर्दै तेहरानसँग व्यापार जारी राखेको थियो।इरानका अर्का व्यापारिक साझेदार संयुक्त अरब इमिरेट्स (यूएई)ले भने गत साता इरानसँगका सबै वित्तीय कारोबार रोक्ने घोषणा गरेको थियो। अमेरिकाको पछिल्लो घोषणापछि पनि इरानले अन्य मुलुकसँग व्यापार जारी रहने विश्वास व्यक्त गरेको छ। अर्थमन्त्री मदानिजादेहका अनुसार चीन र रुसले अमेरिकी प्रतिबन्ध स्वीकार गरेका छैनन् र अन्य देशले पनि यसको प्रतिरोध गर्ने सम्भावना छ।

    चीनले पनि अमेरिकी कदमको विरोध गर्दै एकपक्षीय प्रतिबन्धलाई ‘अवैध’ भनेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले आर्थिक दबाबले समस्या समाधान गर्न नसक्ने बताउँदै चीनले आफ्ना हितको संरक्षण गर्ने बताएका छन्। यसैबीच, युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढेको छ। इरानले युद्ध जारी रहे क्षेत्रबाट हुने सबै तेल निर्यात बन्द गर्न सक्ने चेतावनी दिएको छ।  इरानी सरकारले स्ट्रेट अफ हर्मुज हुँदै अनुमति नलिई आवतजावत नगर्न पानीजहाजहरूलाई पुनः चेतावनी दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend