images

२०८३ आश्विन २ गते

images
images
images

गैरकानूनी सम्पत्ति आर्जनमा सर्वेक्षकविरुद्ध अख्तियारको मुद्दा

गैरकानूनी सम्पत्ति आर्जनमा सर्वेक्षकविरुद्ध अख्तियारको मुद्दा

images
images
मंगलवार, भाद्र ९ २०८३
मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्वेक्षक विन्देश्वर साह सुडीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले सुडीसहित उनकी उनकी श्रीमती सुमिन्त्रा देवी साहलाई समेत प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।साविकको भूमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत अस्थायी अमिन पदबाट सेवा प्रवेश गरेका सुडीको २०४६ साल वैशाख १६ गतेदेखि २०८१ साल जेठ ३२ गतेसम्मको सेवा अवधिलाई जाँच अवधि कायम गरी अख्तियारले अनुसन्धान गरेको थियो ।

    images
    images

    अनुसन्धानका क्रममा पारिश्रमिक बचत, विभिन्न भत्ता, घरजग्गा बिक्री, एकासगोलको आय, ऋण तथा सापटी, शेयर बिक्री, बीमा परिपक्वता, कृषि आय, छात्रवृत्ति, ब्याज र सुन बिक्री लगायतका वैधानिक स्रोतहरूबाट उनले  कुल ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा आयआर्जन गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।सोही जाँच अवधिमा सुडीले विभिन्न शीर्षकहरूमा ठूलो रकम खर्च तथा लगानी गरेको उल्लेख छ ।उनले व्यक्तिगत जग्गा खरिद, शेयर खरिद, सवारी साधन खरिद, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, ऋण तथा सापटी भुक्तानी, बैंक मौज्दात, अरूलाई दिएको ऋण तथा सापटी र जग्गा खरिद गर्दा लागेको कमिसन तथा थप खर्चसमेत गरी कुल ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ बराबरको रकम सम्पत्ति सिर्जना तथा विभिन्न क्षेत्रमा लगानी गरेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

    उनको कुल वैधानिक आयबाट कुल व्यय तथा लगानी घटाउँदा ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसा बराबरको रकमको वैधानिक स्रोत नखुलेको अख्तियारले जनाएको छ ।सार्वजनिक सेवाको पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको उक्त सम्पत्ति सुडीले आफ्नी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत राखेको पाइएको छ।अख्तियारले गैरकानूनी रूपमा आर्जन गरिएको ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसालाई बिगो कायम गरी सो बराबरको बिगो र जरिवाना तथा कैद सजायको मागदाबी गरेको छ।साथै, सुडीकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा खरिद गरिएका तथा हाल कायम रहेका सम्पत्तिहरू जफत गर्ने प्रयोजनका लागि मात्र उनलाई प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend