images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • रसुवाको बाढीले जलविद्युत आयोजनादेखि २२० केभी...

रसुवाको बाढीले जलविद्युत आयोजनादेखि २२० केभी सबस्टेसनसम्ममा क्षति

रसुवाको बाढीले जलविद्युत आयोजनादेखि २२० केभी सबस्टेसनसम्ममा क्षति

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । रसुवा जिल्लामा आएको आकस्मिक बाढीले जलविद्युत क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ ।  नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण रसुवास्थित प्रमुख जलविद्युत आयोजनाहरू र प्रसारण लाइनमा गम्भीर क्षति पुगेको र विद्युत् आपूर्ति अवरुद्ध भएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार बाढीले रसुवामा रहेका देहायका उत्पादन, प्रसारण र वितरण संरचनामा ठुलो भौतिक क्षति पुर्‍याएको छ । बाढीले रसुवागढी जलविद्युत आयोजना, चिलिमे जलविद्युत केन्द्र, त्रिशूली ३ ए र त्रिशूली ३ बी हब २२० के.भी.सबस्टेशन र त्रिशूली र देवीघाट जलविद्युत केन्द्रमा ठुलो क्षति पुगेको अनुमान प्राधिकरणले गरेको छ । 

    images
    images

    विद्युत् आयोजना र प्रसारण लाइनका संरचनाहरू क्षतिग्रस्त भएसँगै ती क्षेत्रबाट हुने विद्युत् उत्पादन र प्रसारण पूर्ण रूपमा ठप्प भएको छ । प्राधिकरणले बाढीका कारण घर, सडक, पुल र अन्य भौतिक पूर्वाधारका साथै विद्युतका संरचनामा अपूरणीय क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ ।प्राधिकरणले बाढीमा परी बेपत्ता भएका र प्रभावित भएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारणको खोजी, उद्धार र राहतका लागि सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालन हुन अनुरोध गरेको छ ।बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै प्राधिकरणले नदी तथा खोला आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका कर्मचारी र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ । आधिकारिक सूचना बाहेकका अपुष्ट समाचार र अफवाहको पछाडि नलाग्न समेत सबैमा अनुरोध गरिएको छ ।

    विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । प्राधिकरणले अवरुद्ध विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गरिरहेको प्रतिबद्धता व्यक्त गर्दै, मर्मत र पुनर्स्थापना नहुञ्जेलसम्म धैर्य गरिदिन ग्राहकहरूमा आग्रह गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend