images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीपीडितका लागि शिवसताक्षीका कर्मचारीले जुटाए...

भोटेकोशी बाढीपीडितका लागि शिवसताक्षीका कर्मचारीले जुटाए ८ लाख

भोटेकोशी बाढीपीडितका लागि शिवसताक्षीका कर्मचारीले जुटाए ८ लाख

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • झापा। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीले करिब रु आठ लाख जम्मा गरेका छन्।नगरपालिकाका कर्मचारीको बिहीबार बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार तथा कार्यालय सहयोगी र सवारी चालकबाट रु तीन हजारका दरले रकम जम्मा गरेका हुन्।

    images
    images

    नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङका अनुसार सङ्कलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ। नगरपालिकामा १८२ जना कर्मचारी कार्यरत छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend