images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • लाइन काटेर दुई करोडभन्दा बढी विद्युत्...

लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

images
images
शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • दमौली (तनहुँ), १३ भदौ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८।८३ मा रु दुई करोड दुई लाख ८३ हजार एक सय चार बक्यौता रकम असुल गरेको छ ।

    images
    images

    सो अवधिमा रु दुई करोड ५७ लाख ८८ हजार दुई सय ८० विद्युत् महसुल उठ्न बाँकी रहेकामा महसुल बुझाएपछि सात सय ९४ ग्राहकको विद्युत् लाइन पुनः जडान गरिएको केन्द्रका इन्जिनियर डिलबहादुर आलेले जानकारी दिए ।

    केन्द्रले आर्थिक वर्ष २०८१।८२ मा विद्युत् लाइन काटेर रु एक करोड २७ लाख १५ हजार सात सय ८६ तथा आर्थिक वर्ष २०८०।८१ मा एक हजार चार सय ३६ ग्राहकको लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता रकम असुल गरेको थियो ।

    images
    images

    आर्थिक वर्ष २०८२।८३ मा ८७ करोड ७६ लाख १३ हजार सात सय ८७ युनिट विद्युत् बिक्री गरेको छ ।  विद्युत् बिक्रीबाट रु एक अर्ब एक करोड ११ लाख १२ हजार एक सय २६ आम्दानी भएको इन्जिनियर आलेले बताए सो अवधिमा एक हजार आठ सय ९५ नयाँ मिटर जडान गरिएको छ । ४९ वटा ट्रान्सफर्मर जलेपछि नयाँ ट्रान्सफर्मर जडान गरिएको तथा १० वटा नयाँ लोड सेन्टर थप गरिएको छ ।

    वितरण केन्द्र अन्तर्गत छ वटा सबस्टेसन, ३० वटा ११ केभी फिडर, १०७ किलोमिटर ३३ केभी लाइन, ९३९ किलोमिटर ११ केभी लाइन, चार हजार तीन सय २८ किलोमिटर ०.४।०.२३ केभी वितरण लाइन तथा ६७३ वटा ट्रान्सफर्मर छन् ।

    वितरण केन्द्रले तनहुँका १० स्थानीय तह, कास्कीको रुपा गाउँपालिकाका वडा नं ३ र ४ का केही भाग, लमजुङको मध्यनेपाल नगरपालिकाका वडा नं १, २, ३, ४ र ५ तथा नवलपुरको बौदीकाली र बुलिङटार गाउँपालिकाका केही भागमा  सेवा प्रवाह गर्दै आएको छ ।

    वितरण केन्द्रमा स्थायी ६०, दैनिक ज्यालादारी ३७, सेवा करार ३४, गोटागन्ती १९ र सुरक्षाकर्मी २० गरी एक सय ७० जना कार्यरत छन् ।

    केन्द्रले ११।०.४ केभीका लाइन विस्तार, मर्मत, सम्भार, सुदृढीकरण तथा स्तरोन्नति, आवश्यकता अनुसार विभिन्न क्षमताका लोड सेन्टर थप, ग्राहकलाई भरपर्दो, गुणस्तरीय र विश्वसनीय विद्युत् आपूर्ति तथा नयाँ मिटर जडान र मिटर सम्बन्धी गुनासो व्यवस्थापन गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend