images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्गको दुवैतर्फ यातायात...

कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्गको दुवैतर्फ यातायात अवरुद्ध

कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्गको दुवैतर्फ यातायात अवरुद्ध

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ ।  धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभीर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सडक अवरुद्ध भएको हो । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सोही राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन काठमाडौँमा रोकिएको जानकारी दिए ।

    images
    images

    बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । काठमाडौँको नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले पृथ्वी राजमार्ग हुँदै सञ्चालनमा रहेका सवारीसाधन नयाँबसपार्कमै रोकिएको बताए ।लगातारको वर्षा, बाढी तथा पहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend