images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • जनकपुरमा विद्युत् आपूर्ति अस्तव्यस्त, दिनमै २०–२५...

जनकपुरमा विद्युत् आपूर्ति अस्तव्यस्त, दिनमै २०–२५ पटक लाइन ट्रिप हुँदा स्थानीय आक्रोशित

जनकपुरमा विद्युत् आपूर्ति अस्तव्यस्त, दिनमै २०–२५ पटक लाइन ट्रिप हुँदा स्थानीय आक्रोशित

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • जनकपुरधाम । जनकपुरधामको नगर तथा ग्रामीण क्षेत्रमा बारम्बार विद्युत् (बत्ती) जाने र आउने गर्ने समय लम्बिँदै गएपछि स्थानीय आक्रोशित बन्न थालेका छन् । एक घन्टाभित्रै आठ–दश पटक लाइन ‘ट्रिप’ हुनथालेपछि सामान्य धान, गहुँ पिस्ने मिल, तोरी पेल्ने मिल, दुध डेरी तथा सानातिना मोबाइल तथा विद्युतीय उपकरण बनाएर जीवनयापन गर्ने व्यवसायी झनै मारमा परेका छन् ।जनकपुरमा दैनिक २०–२५ पटक विद्युत् आउने–जाने भइरहने स्थानीयबासी बताउँछन् । अन्य स्थानमा वर्षा र बाढीको प्रभाव देखिए पनि जनकपुरधाममा प्रचण्ड गर्मी छ । गर्मीमा विद्युत् नहुँदा घरभित्रसमेत बस्न सक्ने अवस्था नरहेको स्थानीयको भनाइ छ ।

    images
    images

    जनकपुरको बजरङ्ग चोकमा मोबाइल रिपेयरिङ सेन्टर सञ्चालन गर्दै आएका सन्तोष साहले विद्युत् तुरुन्तै जाने, तुरुन्तै आउने गर्नाले झनै समस्या बढाएको गुनासो गरे । उनले भने, ‘लाइन काट्नु नै छ भने एकैचोटि २/४ घन्टा काटोस्, तर १०–१५ मिनेटमै आउने–जाने हुँदा समस्या भएको छ ।’मोबाइल मर्मत गरिरहेको समयमा कुन बेला बत्ती काटिन्छ भन्ने ठेगान नहुने साहको भनाइ छ । ‘कतिपय बनिसकेको चिज पनि दोहोर्‍याएर बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘एक त ग्राकहलाई समय दिएको हुन्छु । यति समयभित्र बन्छ भनिएको हुन्छ, तर लाइनकै कारण बन्न नसक्दा ग्राहकको गाली खानुपर्छ ।’शिशु प्रज्ञा सदनको कक्षा ३ मा अध्ययनरत शिवांस कर्ण विद्यालय जान आनाकानी गरेपछि अभिभावकले त्यसको कारण पत्ता लगाउन प्रयास गरे । उनका पिता संजीव कर्णले भने, ‘बत्ती गएको बेला कक्षाकोठामा बस्नै नसकिने गरी गर्मी हुँदो रहेछ । प्रायः बत्ती गइरहन्छ, पङ्खा चल्दैन । त्यही भएर ऊ स्कुल जान नमान्ने रहेछ ।’

    गर्मी हुँदा पङ्खा चलाएर एकछिन आराम गरौँ भन्दा पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको उनको गुनासो छ ।जनकपुर उपमहानगर– १० स्थित राजीव डेरीले दिनहुँ सयौँ लिटर दुध, दही बेच्ने गर्छ । यसका सञ्चालक राजीव साहले भने, ‘विद्युत आपूर्ति नियमित नहुँदा कैयौँ पटक दुध, दही बिग्रिएर फाल्नु परेको छ । दुध, दही, मिठाइ, पनिर लगायतका सबै सामग्री फ्रिजमै राख्नुपर्छ पर्छ । सामान्य लाइन ट्रिप हुँदा त केही हुँदैन, तर कुनैबेला घण्टौँ लाइन नहुँदा यसरी नोक्सानी उठाउनु परेको छ ।’लामो समय विद्युत आपूर्ति नहुने हो भने त्यो दिनको तालिका सबैले बुझ्ने गरी विद्युत् प्राधिकरणले व्यवस्थापन मिलाउनुपर्नेमा उनले जोड दिए । स्थानीयका अनुसार जो परिवार सम्पन्न छन्, उनीहरूले घरघरमा इन्भर्टर जडान गरेका छन् । उनीहरुलाई बत्ती छ कि छैन भन्ने पनि थाहा हुँदैन । तर सामान्य परिवार भने पङ्खा चलाएर बस्न पनि नपाउने अवस्था रहेको उनीहरूको भनाइ छ ।जनकपुर–९, पिडारी चोकमा होटल सञ्चालन गर्दै आएकी विणा मगरले गुनासो गर्दै भनिन्, ‘बत्ती जाँदाको पीडा त हामीलाई थाहा छ । सानासाना बच्चा छन्, लाइन नहुँदा रातभरि सुत्दैनन् । यो पीडा कसलाई सुनाउने ? कसैले समाधान गर्छ जस्तो लाग्दैन । सरकार कानमा तेल हालेर बसेको छ । जनकपुरबासीको पीडा स्थानीय सरकारलाई कुनै वास्ता नै छैन ।’

    images
    images

    बत्ती बारम्बार जान थालेपछि केही दिन अघि सामाजिक अभियन्ता सरोज मिश्रले सामाजिक सञ्जाल फेसबुकमा कम भोल्टेजमा पंखा चलेकोे तस्बिर पोष्ट गर्दै व्यङ्ग्यात्मक टिप्पणी गर्दै विद्युत् प्राधिकरणलाई सोधेका थिए, ‘यस्तै चलेको पंखाको शुल्क लिन मिल्छ ? एक त लाइन दर्जनौँ पटक काट्छौ, अनि लाइन भएको बेला यस्तै भोल्टेज दिएर जनतालाई सुविधा दिएको हो ?’बत्ती छिनछिनमै आउनेजाने हुन थालेपछि स्थानीय युवाहरूले सामाजिक सञ्जालमा डिजिटल पोष्टर, ब्यानर बनाएर नै विरोध जनाउन थालेका छन् ।केही महिना यता मधेस प्रदेशभरि नै बिजुली अनियमित रूपमा जाने–आउने भइरहेको छ । विद्युत् आपूर्ति नियमित नहुँदा ईरिक्सा चालक, सर्वसाधारण, व्यापार व्यवसायी, विद्यार्थीसँगै सञ्चारकर्मी समेत यसको मारमा पर्न थालेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend