images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोशी बाढी प्रभावित...

मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजना निरीक्षणमा जाँदै

मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजना निरीक्षणमा जाँदै

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार आज नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्ने तय भएको छ । स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन् ।

    images
    images

    वत्ती नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन उपायबारे छलफल हुनेछ । मन्त्री श्रेष्ठ त्रिशुलीको बट्टारस्थित क्याम्पमा जानेछन् । त्यहाँबाट मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवा जानेछन् । त्यहाँ उनले जलविद्युत् आयोजनाको सुरुङमार्ग क्षेत्रमा भइरहेको उद्धारको अवस्था र कठिनाइ, क्षतिको विवरणबारे जानकारी लिनेछन् । त्यहाँबाट फर्केर उनले नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविर पुग्नेछन् । शिविरमा उनले उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन् ।नुवाकोटमै मन्त्री श्रेष्ठले सुरुङमार्गमा फसेका कमर्चारीहरुको परिवारसँग पनि भेट्ने कार्यक्रम छ । नुवाकोटमा मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको टिमसँग छलफल तथा आवश्यक सहजीकरण र निर्देशन दिने मन्त्रीको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend