images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • रौतहटको पर्यटन विकास निर्माणमा भ्रष्टाचार, पाँच...

रौतहटको पर्यटन विकास निर्माणमा भ्रष्टाचार, पाँच जनाविरुद्ध अख्तियारको मुद्दा

रौतहटको पर्यटन विकास निर्माणमा भ्रष्टाचार, पाँच जनाविरुद्ध अख्तियारको मुद्दा

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटमा पर्यटन विकाससम्बन्धी निर्माण कार्यमा अनियमितता गरेको आरोपमा तीन सरकारी कर्मचारीसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पर्यटन विकास कार्यालय, गौर, रौतहटबाट आर्थिक वर्ष २०८१–८२ मा रौतहटको परोहा नगरपालिका–९ स्थित रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन, भैरवनाथ मन्दिर तथा राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माणका लागि बजेट विनियोजन गरिएको थियो।उक्त कामका लागि कार्यालयले तयार गरेको लागत अनुमानबमोजिम निर्माण सम्पन्न गर्नुपर्नेमा नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदनमा वास्तविकभन्दा बढी काम भएको देखाई भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

    images
    images

    स्थलगत नापजाँच तथा प्राविधिक परीक्षण गर्दा फिल्डमा भएको वास्तविक कामभन्दा नापी किताबमा बढी परिमाण उल्लेख गरिएको र सोही आधारमा रु. ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा बढी भुक्तानी भएको आयोगको दाबी छ।अनियमिततामा संलग्न भएको आरोपमा तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियरहरू सुदीप प्रकाश तिमल्सेना र नितेश कुमार पटेल, तथा उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र साह तेली र कोषाध्यक्ष कुन्ती देवी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।आयोगका अनुसार सरकारी कर्मचारीहरूले आपसी मिलेमतोमा योजनामा बढी काम भएको देखाई नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गर्न लगाएको र सोही आधारमा उपभोक्ता समितिलाई बढी रकम भुक्तानी गराएको देखिएको छ।अख्तियारले पाँचै जनाबाट बिगो रु. ६ लाख ८० हजार ५९२ रुपैयाँ ४३ पैसा कायम गरी असुलउपर तथा भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend