images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • करण केसी चम्किँदा मलेसिया सस्तैमा अलआउट,...

करण केसी चम्किँदा मलेसिया सस्तैमा अलआउट, नेपाललाई १०४ रनको लक्ष्य

करण केसी चम्किँदा मलेसिया सस्तैमा अलआउट, नेपाललाई १०४ रनको लक्ष्य

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३ रनमा रोकेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले चार विकेट हात पारे । सात ओभर तीन बल बलिङ गर्दै केसीले दुई मेडनका साथ २३ रन दिएर चार विकेट हात पारेका हुन् ।टस हारेर फिल्डिङ गरेको नेपालले आयोजक मलेसियालाई ३२ ओभर ३ बलमा अलआउट गरेको हो ।बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भएको खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको हो । नेपालका लागि करण केसीले चार विकेट हात पार्दा ललितनारायण राजवंशीले दुई, कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट हात पारे ।

    images
    images

    मलेसियाका लागि कप्तान सैयद अजिजले ३० रन बनाउँदा अकिल वाहिदले २४ रन जोडे । अन्य ब्याट्सम्यानले भने नेपाली बलरविरुद्ध रन जोड्न सकेनन् । १०४ रनको लक्ष्य पाएको नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको नेपाल आज दोस्रो जितको खाेजीमा छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend