images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक...

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं। एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।बैंकका अनुसार यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको थियो। तर तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि अब जोसुकै व्यक्ति तथा कम्पनीले उक्त सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको हो।

    images
    images

    सेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन बुझाउनुपर्ने बैंकले जनाएको छ।बैंकले संस्थापक समूहको उक्त सेयर बिक्रीका लागि निर्धारित प्रक्रिया पूरा गर्दै अब खुला रूपमा आवेदन आह्वान गरेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend