काठमाडौँ । भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा–मुग्लिङ सडक खण्ड अन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटानको कार्य सुरु गरिएको छ। बाढीले सडक भासिएपछि अवरुद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्।नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार हाल २९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटानको काम भइरहेको छ। सडक मर्मत र पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ।
नेपाल जियोटेक सोसाइटीले उक्त क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको छ। सोसाइटीले आज बेलुकीसम्म बाटो खुलाउने प्रक्रियासम्बन्धी नक्शाङ्कन (ड्रइङ) सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। सोसाइटीको प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने र सडक सुचारु गर्ने काम औपचारिक रूपमा सुरु गरिने जानकारी योजना प्रमुख अधिकारीले दिएकी छन्। हाल निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक खुलाउनका लागि आवश्यक पूर्वतयारीलाई तीव्र बनाएका छन्।




.gif)



