images

२०८३ आश्विन २ गते

images
images
images

सात सय घरमा विद्युत सुविधाको पहुँच

सात सय घरमा विद्युत सुविधाको पहुँच

images
images
शनिवार, भाद्र २० २०८३
शनिवार, भाद्र २० २०८३
  • म्याग्दी, २० भदौ । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । 

    images
    images

    नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०८२।०८३ मा जिल्लाका विभिन्न ठाउँमा सात सय उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता धवलागिरि गाउँपालिकाको मल्कवाङ, खोरिया, लमसुङ, फलियागाउँ, मालिकाको महभिरमा विद्युत सुविधा विस्तार भएको जानकारी दिएका छन् ।

    मल्कवाङका एक सय १०, खोरियामा ६०, लमसुङमा २५, महभिरमा एक सय २० र फलीयागाउँमा एक सय ५० वटा विद्युतको मिटर जडान भएको उहाँले जानकारी दिएका छन् । “धवलागिरीको लुलाङ र रघुगंगाको चिमखोलामा केन्द्रिय लाइन पुगेपनि लघुजलविद्युत परियोजनाको विद्युत उपभोग गरिरहेका उपभोक्ता मिटर लिन आएका छैनन,” उनले भने “फलियागाउँमा यसअघिनै विद्युतीकरण भएपनि लघुजलविद्युत परियोजना बन्द भएपछि उपभोक्ताले मिटर लगेका छन् ।”

    images
    images

    केन्द्रका प्रमुख गामीका अनुसार धवलागिरिको खिवाङ, मालिका गाउँपालिकाको पन्थोक, जुग्जा, सिस्नेरी, खवाङ, अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थल मोहरेडाडा, फुलवारी र डाडाखर्कमा केन्द्रिय लाइन विस्तारको तयारी भएको छ । उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयबासीमा विजुली बलेपछि खुसीयाली छाएको धवलागिरी गाउँपालिका–५ का वडा अध्यक्ष अमर छन्त्यालले बताएका छन् ।

    घरायसी काम, बिद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम ब्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको छ । पछिल्लो वर्ष थपिएका सहित म्याग्दी बितरण केन्द्र अन्तरगत २४ हजार चार सय ९० विद्युतका ग्राहक पुगेका केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताएका छन् । आर्थिक वर्ष २०८१।८२ मा आठ सय ७४, आर्थिक वर्ष २०८०।०८१ मा एक हजार चार सय ३८, २०७९।०८० मा एक हजार दुई सय ३८, २०७८।७९ मा सात सय ७० घरधुरीमा नयाँ लाईन जडान भएको प्राधिकरणको तथ्याङ्क छ । 

    पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत बिद्युत वितरण हुदै आएको छ । म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०।०८१ देखि रु। २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । 

    गत आर्थिक वर्षमा म्याग्दी वितरण केन्द्र मार्फत एक करोड ८४ लाख ७३ हजार सात सय ७९ युनिट विद्युत खपत हुँदा रु। ९९ करोड ८५ लाख ६९ हजार सात सय ४९ महशुल संकलन भएको छ । समयमा महशुल नबुझाउने ९८ जना ग्राहकको लाइन काटेर रु. २५ लाख ६८ हजार तीन सय ३० वक्यौता असुल गरिएको छ । ६० दिनसम्म महशुल नतिर्नेको लाइन काट्ने र छ महिना सम्म महशुल नबुझाउनेलाई कालोसुचिमा राखिने प्राधिकरणले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend