images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • मन्दीमा रहेको अर्थतन्त्र चलायमान बनाउन सरकार...

मन्दीमा रहेको अर्थतन्त्र चलायमान बनाउन सरकार पाँच प्राथमिकतामा केन्द्रित : अर्थमन्त्री वाग्ले

मन्दीमा रहेको अर्थतन्त्र चलायमान बनाउन सरकार पाँच प्राथमिकतामा केन्द्रित : अर्थमन्त्री वाग्ले

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि मन्दीको अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन सरकार पाँच प्रमुख क्षेत्रमा केन्द्रित भएर अघि बढिरहेको बताएका छन्।विदेशी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री वाग्लेले हालैको भीषण विपद्का कारण अर्थतन्त्रमा थप शिथिलता आउन सक्ने अवस्थाबीच आर्थिक पुनरुत्थानका लागि सरकारले विभिन्न योजना अघि बढाएको बताएका हुन्।उनका अनुसार बाढी प्रभावित क्षेत्रका व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन ‘बिजनेस रिकभरी प्याकेज’ मन्त्रिपरिषद्बाट पारित भइसकेको छ।

    images
    images

    त्यस्तै, पुँजी बजारलाई थप सुदृढ बनाउन तथा सेयर बजार सुधारका लागि छुट्टै योजना अघि बढाइने उनले बताएका छन्।अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको पुनरुत्थानका लागि आर्थिक सहुलियत तथा लगानी प्रोत्साहन प्याकेज ल्याउने तयारीसमेत भइरहेको जानकारी दिएका छन्।नेपाललाई वित्तीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय निगरानीको ‘ग्रे सूची’बाट शीघ्र बाहिर निकाल्न आवश्यक रणनीति अघि बढाउने सरकारको अर्को प्राथमिकता रहेको उनले बताएका छन्।त्यसैगरी, विपद्बाट भएको क्षति तथा नोक्सानीको अनुमान गरी पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय वित्तीय स्रोत व्यवस्थापन गर्ने योजना रहेको अर्थमन्त्री वाग्लेले बताएका छन्।अर्थमन्त्री वाग्लेले यी पाँच प्राथमिकतामार्फत विपद्पछि थप प्रभावित हुन सक्ने अर्थतन्त्रलाई पुनः गतिशील बनाउने दिशामा सरकार अघि बढिरहेको बताएका हुन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend