images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • कालीमाटीको डल्ले खुर्सानीमा ४०.५८ प्रतिशतसम्म विषादी,...

कालीमाटीको डल्ले खुर्सानीमा ४०.५८ प्रतिशतसम्म विषादी, तत्काल खान अयोग्य

कालीमाटीको डल्ले खुर्सानीमा ४०.५८ प्रतिशतसम्म विषादी, तत्काल खान अयोग्य

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा अत्यधिक मात्रामा विषादीको फेला परेको छ । केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, कालीमाटीले गरेको परीक्षणका क्रममा डल्ले खुर्सानीमा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मानिने विषादीको मात्रा उच्च पाइएको हो ।प्रयोगशालाले भदौ २२ गते जारी गरेको परीक्षण प्रतिवेदन अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट बिक्रेता दीपक रतन शाक्यमार्फत कालीमाटी बजारमा ल्याइएको डल्ले खुर्सानीमा कार्बामेट २.३४७६ र अर्गानोफस्फेट समूहको विषादी ४०.५८०५ प्रतिशत सम्म भेटिएको छ ।

    images
    images

    प्रयोगशालाको मापदण्डअनुसार ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा देखिएका खाद्य वस्तुलाई तत्काल उपभोग गर्न अयोग्य मानिन्छ । यसको अर्थ यस्ता तरकारी वा खाद्य पदार्थहरूमा विषादीको प्रभाव कम हुनका लागि केही दिन सुरक्षित रूपमा राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ । प्रयोगशालाले यस डल्ले खुर्सानीको हकमा ‘केही दिन राखेर र पर्खिने’ वर्गमा राखेको छ ।अन्य ९ वटा तरकारीका नमुनाहरू (जस्तै: साग, प्याज, बन्दा, गोलभेँडा, काँक्रो, काउली, परवल, भिण्डी र फर्सी) मा भने विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम रहेको र उपभोग योग्य पाइएको छ ।बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह किटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

    image (8)

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend