काठमाडौं, २६ भदौ । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ।
आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
बैठकमा प्रस्तुत हुने दुवै विधेयकमाथि सांसदहरूले छलफल गर्नेछन्। त्यसपछि विधेयकलाई थप प्रक्रियामा अघि बढाउने सम्बन्धमा संसद्मा आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।
यसैबीच, आज संघीय संसद्अन्तर्गत विभिन्न छवटा समितिको बैठकसमेत बस्ने कार्यक्रम रहेको छ। समितिका बैठकमा सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय गरिनेछ।
प्रतिनिधिसभाको बैठकमा विधेयक निर्माण, संशोधन तथा सरकारका विभिन्न प्रस्तावमाथि छलफल हुँदै आएको छ। आजको बैठकमा पनि कर्मचारी सञ्चय कोष तथा नेपाल कानुन आयोगसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयक प्रक्रियामा प्रवेश गर्ने भएका छन्।




.gif)





