images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • भदौको करदाता प्रोत्साहन उपहारको विजेता असोज...

भदौको करदाता प्रोत्साहन उपहारको विजेता असोज १ गते घोषणा हुने

भदौको करदाता प्रोत्साहन उपहारको विजेता असोज १ गते घोषणा हुने

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता असोज १ गते घोषणा हुने भएको छ ।करदातालाई सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिन तथा कर तिर्ने संस्कृतिमा अभ्यस्त गराउने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो ।साउन १ गतेदेखि सुरु भएको कार्यक्रममा भदौ १६ गते भदौ महिनाको पहिलो चरणको पुरस्कार घोषणा गर्ने तयारी थियो । तर, भोटेकोशीमा आएको बाढीबाट देशका विभिन्न क्षेत्रमा विपद्को अवस्था सिर्जना भएपछि पुरस्कार घोषणा स्थगित गरिएको थियो ।

    images
    images

    आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार अब भदौ महिनाभरका विजेताको छनोट गरी असोज १ गते पुरस्कार घोषणा गरिनेछ ।

    ३१ जनाले एक लाख ३३ हजार ३३४ रुपैयाँ जित्ने

    images
    images

    विभागका अनुसार भदौ महिनाको पुरस्कार दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरणअन्तर्गत भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको प्रणालीमा दर्ता गराएका तथा विद्युतीय माध्यमबाट सामान खरिद गरेका उपभोक्तामध्येबाट दैनिक एक जनाका दरले १५ जना विजेता छनोट गरिनेछ ।प्रत्येक विजेताले एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन् ।त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्मका कारोबारबाट थप १६ जना विजेता छनोट गरिनेछ । उनीहरूले पनि जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्।यसरी भदौ महिनामा दैनिक पुरस्कारतर्फ ३१ जना विजेता छनोट हुनेछन्।

    दुई जनाले जित्नेछन् १०–१० लाख रुपैयाँ

    भदौ महिनाको पहिलो १५ दिनको कारोबारबाट एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी भदौ १६ देखि ३१ गतेसम्मको कारोबारबाट थप एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार दिइनेछ ।यसरी असोज १ गते एक लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना र १० लाख रुपैयाँका दुई जना गरी कुल ३३ जना विजेता घोषणा हुनेछन् ।

    पुरस्कार जित्न के गर्नुपर्छ?

    करदाता प्रोत्साहन उपहारमा सहभागी हुन उपभोक्ताले एक सय रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा सक्कली मूल्य अभिवृद्धि कर वा स्थायी लेखा नम्बरको बिल लिनुपर्नेछ । सकेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्न विभागले आग्रह गरेको छ ।विद्युतीय माध्यमबाट गरिएको कारोबार स्वतः करदाता प्रोत्साहन प्रणालीमा समावेश हुने विभागले जनाएको छ । नगदमा कारोबार गरी सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार प्रणालीमा गई बिलको विवरण प्रविष्ट गरेर उपहार कुपन लिनुपर्नेछ ।भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले भदौ १५ गतेसम्म आफ्नो बिल प्रणालीमा दर्ता गरी उपहार कुपन लिइसकेको हुनुपर्नेछ ।त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्म सामान खरिद गरी बिल लिएका उपभोक्ताले भदौ मसान्तको राति १२ बजेसम्म बिलको विवरण प्रणालीमा दर्ता गरी उपहार कुपन प्राप्त गरिसकेको हुनुपर्ने विभागले जनाएको छ ।

    कर कटाएर कति रकम पाइन्छ ?

    उपहार रकममा २५ प्रतिशत कर लाग्ने व्यवस्था छ । त्यसअनुसार एक लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जित्नेले कर कटाएर एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।त्यस्तै, १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्नेले २५ प्रतिशत कर कटाएपछि सात लाख ५० हजार रुपैयाँ नगद पाउनेछन् ।साउन महिनामा सञ्चालन गरिएको पहिलो चरणको करदाता प्रोत्साहन उपहारमा पनि ३३ जना विजेता छनोट भएका थिए । उनीहरूको विजेता छनोट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए ।सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रममार्फत उपभोक्तालाई सामान खरिद गर्दा बिल लिन प्रोत्साहित गर्दै कर प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य लिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend