images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • एमसीसी अन्तर्गतको १८ किमी प्रसारण लाइन...

एमसीसी अन्तर्गतको १८ किमी प्रसारण लाइन तयार

एमसीसी अन्तर्गतको १८ किमी प्रसारण लाइन तयार

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ। नेपाल–भारत सीमासँग जोड्ने ४०० केभी न्यू बुटवल प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ।एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो।एमसिए–नेपालले आइतबार उक्त प्रसारण लाइन निर्माण पूरा भएको जनाएको जानकारी दिएको हो । नेपाल–भारतबिच विद्युत् आदानप्रदान तथा आन्तरिक प्रसारण सञ्जाल सुदृढीकरणका लागि यसलाई महत्त्वपूर्ण पूर्वाधार मानिएको छ ।

    images
    images

    प्रसारण लाइन तयार भए पनि उक्त मार्गसँग जोडिने ४०० केभी न्यू बुटवल सबस्टेसनको निर्माण सम्पन्न हुन अझै एक वर्षभन्दा बढी समय लाग्ने भएको एमसीए नेपालले जनाएको छ । यसले गर्दा भर्खरै बनेको प्रसारण लाइनलाई तत्कालै लक्षित ४०० केभी क्षमतामा सञ्चालन गर्न नसकिने भएको छ ।नेपाल–भारतबिच भएको पछिल्लो ऊर्जा सचिवस्तरीय बैठकको निष्कर्ष अनुसार उक्त सबस्टेसन सन् २०२७ डिसेम्बरसम्ममा मात्र बनिसक्ने अपेक्षा गरिएको छ । सबस्टेसन नबनेसम्म सीमासम्मको लाइन ४०० केभीमा चल्न नसक्ने भएकाले दुई देशबिच यसलाई प्रारम्भिक चरणमा २२० केभीमा सञ्चालन गर्ने सहमति भएको छ ।डिसेम्बर २०२६ देखि मार्च २०२७ सम्म नेपालले यही मार्गबाट बढीमा १३० मेगावाट विद्युत् आयात गर्न सक्नेछ । अप्रिल देखि नोभेम्बर २०२७ सम्ममा बढीमा २०० मेगावाट विद्युत् भारततर्फ निर्यात गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    एमसिए–नेपालले न्यू बुटवल ४०० केभी सबस्टेसन निर्माणका लागि ९ मे २०२४ मा भारतीय कम्पनी लिन्क्सन इन्डिया प्रालिसँग करिब ३ करोड ५५ लाख अमेरिकी डलरको ठेक्का सम्झौता गरेको थियो। ३९ महिनाको निर्माण अवधि तोकिएको यस आयोजनामा विशेष गरी उच्च क्षमताका ट्रान्सफर्मरको उत्पादन र आपूर्तिमा समय लाग्ने भएकाले लामो समयसीमा राखिएको बताइएको थियो।एमसिए–नेपालका अनुसार हाल सबस्टेसन क्षेत्रमा जीआईएस भवन, नियन्त्रण भवन, ट्रान्सफर्मरको जग, ग्यान्ट्री तथा अन्य संरचनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend