images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत्...

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

images
images
सोमवार, भाद्र २९ २०८३
सोमवार, भाद्र २९ २०८३
  • काठमाडौँ, २९ भदौ । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

    images
    images

    भारतरले यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको छ । भारतका अनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसाइनमार्फत ५४ मेगावाट विद्युत् उपलब्ध गराइनेछ।

    भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यात भने सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ ।

    images
    images

    यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा असर परेको छ । भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्र्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend