images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • न्यूयोर्कमा पुस्तक बिक्रीबाट रसुवा बाढीपीडितका लागि...

न्यूयोर्कमा पुस्तक बिक्रीबाट रसुवा बाढीपीडितका लागि १,५०२ डलर संकलन

न्यूयोर्कमा पुस्तक बिक्रीबाट रसुवा बाढीपीडितका लागि १,५०२ डलर संकलन

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • न्यूयोर्क । रसुवा बाढी पीडितहरुको सहयोगार्थ अमेरिकाको न्यूयोर्कमा आयोजित ‘बाढीपीडितका लागि पुस्तक–आशाको कथा’ कार्यक्रमबाट १ हजार ५ सय २ अमेरिकी डलर अर्थात् करिब २ लाख ३० हजार नेपाली रुपैयाँ संकलन भएको छ ।नेपालका बाढीपीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पुस्तक बिक्री तथा सहयोगमार्फत उक्त रकम संकलन गरिएको हो । संकलित सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरी बाढीपीडित परिवारको सहयोगमा प्रदान गरिने आयोजक पासाङ नुरु शेर्पा एवं प्रतिक्षा थकालीले बताएका छन् । रकम जम्मा गरिसकेपछि त्यसको विस्तृत विवरणसमेत पारदर्शी रूपमा सार्वजनिक गरिने जनाइएको छ ।

    images
    images

    न्यूयोर्कमा सम्पन्न कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रका लेखक, साहित्यकार, पत्रकार, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा साहित्यप्रेमी गरी ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न लेखकका पुस्तकहरु लेखक स्वयंको उपस्थितिमा बिक्री गरिएको थियो । पुस्तक खरिद गर्दै सहभागीहरूले बाढीपीडित परिवारका लागि सञ्चालन गरिएको सहयोग अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।परम्परागत औपचारिक कार्यक्रमको शैलीभन्दा फरक ढंगले आयोजना गरिएको ‘बाढीपीडितका लागि पुस्तक–आशाको कथा’ कार्यक्रममा लामो भाषण र औपचारिकतालाई भन्दा लेखक, पाठक र समुदायबीचको प्रत्यक्ष संवाद, पुस्तक परिचय तथा मानवीय सहयोगको भावनालाई प्राथमिकता दिइएको थियो । आयोजकहरूले परिकल्पना गरेकै फरक शैलीलाई सहभागीहरूले सकारात्मक रूपमा ग्रहण गरेको प्रतिक्रिया दिएका छन् ।

    आयोजकका अनुसार कार्यक्रमको उद्देश्य पुस्तक बिक्री गर्नु मात्र थिएन । साहित्य र सिर्जनालाई मानवीय सेवाको माध्यम बनाउँदै विपदमा परेका नेपाली परिवारप्रति प्रवासी नेपाली समुदायको साथ, सद्भाव र ऐक्यबद्धता व्यक्त गर्नु कार्यक्रमको मुख्य उद्देश्य थियो । ‘साहित्यलाई मानवीय सेवासँग जोड्ने उद्देश्यले यो कार्यक्रम गर्‍यौं ।’ आयोजक पासाङ नुरु शेर्पाले भने, ‘थोरै भए पनि पीडितहरुको घाउमा मल्हम लगाउन कोसिस गरेका छौं ।’यो अभियान सफल बनाउन आफ्ना पुस्तक उपलब्ध गराउने लेखक तथा साहित्यकार, पुस्तक खरिद गरी सहयोग गर्ने पाठक, कार्यक्रममा उपस्थित अतिथि, संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा सञ्चारकर्मी, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति पासाङ नुरु शेर्पा र प्रतीक्षा थकालीसहित खसोखास, नेप्योर्क तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले धन्यवाद व्यक्त गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend