images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने झापाको...

म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने झापाको किराना पसललाई २लाख जरिवाना

म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने झापाको किराना पसललाई २लाख जरिवाना

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • झापा । दास किराना पसललाई रु दुई लाख जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले म्याद गुज्रिएको पशुदाना बिक्री गरेको कसुरमा उक्त जरिवाना गरेको हो ।मेचीनगर नगरपालिका–९ स्थित उक्त किराना पसलले उपभोक्तालाई समय नाघेका पशुदाना बिक्री गरेको पाइएपछि जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् ।खाद्य प्रविधि कार्यालय भद्रपुरका अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्तीको टोलीले पसलमा अनुगमन गरेको थियो । समय नाघेका पशुदाना बिक्री वितरण गरेको ठहरसहितको अनुगमन प्रतिवेदन प्राप्त भएपछि दास किराना पसललाई खाद्य सुरक्षा ऐनको दफा ३९ (ज) बमोजिम रु दुई लाख जरिवाना गरिएको हो ।

    images
    images

    अनुगमनका क्रममा वीरगञ्ज उपमहानगरपालिका–२१ स्थित प्रो–बायोटेक इन्डस्ट्रिज लिमिटेडद्वारा उत्पादित ‘शक्ति ब्रान्ड’ का बी–२१, बी–२२, बी–२३ र बी–२४ ब्याच नम्बरका १४ बोरा अर्थात् ४९० किलोग्राम पशुदाना म्याद नाघेको अवस्थामा पसलबाट भदौ २२ गते बरामद गरिएको थियो ।बरामद पशुदानाको बोरामा उत्पादन विसं २०८३ जेठ ६ गते र उपभोग्य अवधि ६० दिन भनेर उल्लेख छ । उक्त पसलले भदौ १४ गते एक बोरा पशुदाना स्थानीय जयप्रसाद आचार्यलाई बिक्री गरेको पाइएको थियो । सो पशुदाना खाएर उनले पालेको गाई बिरामी भएको थियो । बिरामी गाईको उपचारमा रु चार हजार खर्च भएको आचार्यले बताए ।प्रचलित बजारको तुलनामा दोब्बरभन्दा बढी मूल्यमा काँडेतार बिक्री गरिरहेको भन्ने गुनासो प्राप्त भएपछि बुद्धशान्ति गाउँपालिका–३ बुधबारेस्थित शिवम् ट्रेड एण्ड सप्लायर्समा आन्तरिक राजस्व कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापाले सोमबार संयुक्त अनुगमन गरेका छन् ।

    आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर अधिकृत डिल्लीराम चौलागाईंको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि यदुनन्दनसमेत रहेको टोलीले उक्त पसलको अनुगमन गरेको थियो । अनुगमनको क्रममा शिवम् ट्रेड एण्ड सप्लायर्सका प्रोपाइटर नारायण कडरियालाई तीन दिनभित्र आर्थिक वर्ष २०८२/८३ का बिल बिजक, खाता र अन्य कागजातसहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा उपस्थित हुन लिखित निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।बजारमा प्रतिकेजी रु १२५ मा पाइने काँडेतारलाई उक्त पसलले प्रतिकेजी रु ३६० सम्ममा बिक्री गरेको बिल र रकम भुक्तानीको प्रमाणसहित पीडित उपभोक्ताले प्रशासनमा उजुरी दिनु भएपछि पसलमा अनुगमन गरिएको जनाइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend