images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • चितवन राइनोजको को–स्पोन्सरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स...

चितवन राइनोजको को–स्पोन्सरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स निरन्तर

चितवन राइनोजको को–स्पोन्सरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स निरन्तर

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग सिजन ३ का लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडलाई आफ्नो को– स्पोन्सरका रूपमा निरन्तरता दिएको घोषणा गरेको छ । यो साझेदारीले हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीचको बलियो सम्बन्ध, आपसी विश्वास तथा नेपाली क्रिकेटको विकास र प्रवद्र्धनप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

    images
    images

    यस अवसरमा चितवन राइनोजका क्लब अध्यक्ष आयुष न्यौपाने र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले समझदारीपत्रमा औपचारिक रूपमा हस्ताक्षर गरेका हुन् ।चितवन राइनोजले निरन्तर विश्वास र समर्थनका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सप्रति हार्दिक आभार व्यक्त गर्दै एनपीएल सिजन ३ का लागि थप सफल र प्रभावकारी सहकार्यको अपेक्षा गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend