images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • दसैँमा अत्यावश्यक वस्तु ढुवानी नरोक्न ट्रक...

दसैँमा अत्यावश्यक वस्तु ढुवानी नरोक्न ट्रक व्यवसायी महासंघको सुझाव

दसैँमा अत्यावश्यक वस्तु ढुवानी नरोक्न ट्रक व्यवसायी महासंघको सुझाव

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ । नेपाल ट्रक व्यवसायी महासंघले चाडपर्वका बेला अत्यावश्यक वस्तुको ढुवानी सहज बनाउन ठूला मालवाहक सवारीसाधन सञ्चालनमा केही व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ ।मंगलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सहभागी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र महासचिव बद्रीप्रसाद चौलागाईंले दसैँका समयमा सडकको अवस्था, यात्रुवाहक सवारीसाधनको चाप र अत्यावश्यक वस्तुको आपूर्तिलाई ध्यान दिएर मालवाहक सवारीसाधन सञ्चालनको व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन् ।

    images
    images

    महासंघका अध्यक्ष बाँनियाले सडक विभागले विभिन्न सडकको अवस्थाबारे जानकारी गराएको र त्यसका आधारमा दसैँमा मालवाहक सवारीसाधन सञ्चालनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। उनले ठूला मालवाहक सवारीसाधनलाई आवश्यकता र सडकको अवस्थाअनुसार सञ्चालन गर्ने तथा अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई प्राथमिकताका साथ आवतजावत गर्न दिनुपर्ने सुझाव दिए ।‘सडक विभागले कुन सडक कस्तो अवस्थामा छ भन्ने जानकारी गराएको छ । त्यसका आधारमा ठूला मालवाहक सवारीसाधन नल्याउने, तर अत्यावश्यक सामान लिएर आउने सवारीसाधनलाई सञ्चालन गर्न दिने विषयमा छलफल भयो,’ अध्यक्ष बाँनियाले भने ।

    उनका अनुसार दसैँमा यात्रुवाहक सवारीसाधनको चाप बढी हुने भएकाले मालवाहक सवारीसाधन सञ्चालन गर्दा यात्रुको आवतजावतलाई समेत ध्यान दिनुपर्ने महासंघको धारणा छ । अत्यावश्यक वस्तुको आपूर्ति नरोकिने गरी सडकको अवस्था र यात्रुको चापअनुसार मालवाहक सवारीसाधन व्यवस्थापन गर्नुपर्ने उनले बताए ।बाँनियाले सडक विभागसँग थप समन्वय गरेर दसैँका लागि आवश्यक व्यवस्थापनबारे विस्तृत रूपमा काम गर्ने विषयमा समेत छलफल भएको जानकारी दिए ।‘अत्यावश्यक सामानको ढुवानी रोक्नु हुँदैन । यात्रुवाहक सवारीसाधन बढी चल्ने भएकाले त्यसलाई ध्यानमा राखेर मालवाहक सवारीसाधन सञ्चालन गर्ने विषयमा सुझाव दिएका छौँ । विभागसँग अझ राम्रोसँग बसेर आवश्यक व्यवस्थापन गर्ने कुरा भएको छ,’ उनले भने ।बैठकमा महासंघका तर्फबाट अध्यक्ष बाँनिया र महासचिव चौलागाईं सहभागी भएका थिए । दसैँअघि सडकको अवस्था र सवारीसाधनको चापलाई ध्यानमा राख्दै सरकारले आवश्यक तयारी गर्नुपर्ने महासंघको सुझाव छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend