images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • माइतीघरमा राखिएका टेन्ट प्रहरीले हटायो, थापाथलीतर्फको...

माइतीघरमा राखिएका टेन्ट प्रहरीले हटायो, थापाथलीतर्फको सडक खुल्यो

माइतीघरमा राखिएका टेन्ट प्रहरीले हटायो, थापाथलीतर्फको सडक खुल्यो

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन र आन्दोलनका कारण अवरुद्ध हुँदै आएको थापाथलीतर्फ जाने सडक खुला गरिएको छ । बुधबार बिहानै लामो समयदेखि धर्नामा बसेकाहरूले राखेका टेन्ट प्रहरीले हटाएपछि उक्त सडक सुचारु भएको हो ।सडकमा नै टेन्ट राखेर निरन्तर धर्ना दिँदा रातको समयमा असुरक्षा हुन सक्ने र आन्दोलनकारीको स्वास्थ्यमा समेत समस्या पर्न सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीले जनाएको छ ।

    images
    images

    प्रहरीले दिउँसोको समयमा आन्दोलन गर्न कुनै अवरोध नहुने स्पष्ट पारेको छ । रातको समयमा भने सो स्थानमा नबस्न आग्रह गर्दै प्रहरीले माइकिङ समेत गरेको थियो ।माइतीघरको भित्री सडक खण्डमा दिनरात नै आन्दोलनकारीको उपस्थितिका कारण सो सडक खण्ड अवरुद्ध हुँदै आएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend