काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएको भन्दै प्रणालीलाई तत्कालका लागि स्थगित गरेको छ। ई-जीपी प्रणाली बन्द भएसँगै अब बोलपत्रदाताहरूले हुलाक वा कुरियर मार्फत पनि टेन्डर डकुमेन्ट (बोलपत्र) दर्ता गर्न सक्ने भएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय (सार्वजनिक निर्माण तथा परामर्श सेवा खरिद अनुगमन शाखा) ले एक सूचना जारी गर्दै ई-जीपी प्रणाली पुनः सञ्चालन नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था गरिएको जानकारी दिएको हो। कार्यालयका अनुसार हाल उक्त प्रणालीको मर्मतसम्भार तथा सुधारको कार्य भइरहेको छ।
प्रणाली बन्द हुँदा सार्वजनिक खरिद प्रक्रिया नरोकियोस् भन्नका लागि कार्यालयले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४८ को उपनियम (२) बमोजिम बोलपत्र कागजात प्राप्त गर्ने व्यवस्था मिलाएको छ।कार्यालयले सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिँदै नमुना बोलपत्र कागजातको 'Section I Instruction to Bidders' को 'Sealing and Marking' मा रहेको 'Bidders submitting bids by mail, by hand or by courier' (हुलाक, हातैले वा कुरियर मार्फत बोलपत्र बुझाउन सक्ने) व्यवस्थालाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।सोही व्यवस्था अनुसार हुलाक वा कुरियर मार्फत बोलपत्र दाखिला गर्ने व्यवस्था भएकोले त्यसरी प्राप्त हुन आएका बोलपत्र कागजातहरूलाई कानुन बमोजिम तोकिएको समयभित्र कार्यालयमा दाखिला गर्न सक्ने व्यवस्था मिलाउन सम्पूर्ण सार्वजनिक निकायहरूलाई अनुरोध गरिएको छ ।




.gif)



