images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • ४५ हजार घुस लिएको आरोपमा सोलुखुम्बुकी...

४५ हजार घुस लिएको आरोपमा सोलुखुम्बुकी गाउँपालिका उपाध्यक्षविरुद्ध मुद्दा

४५ हजार घुस लिएको आरोपमा सोलुखुम्बुकी गाउँपालिका उपाध्यक्षविरुद्ध मुद्दा

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिमको प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस माग गरेकी थिइन्। उक्त रकम उनले आफ्ना छोरा सुनिलको बैंक खाताको क्युआर कोडमा हाल्न लगाएको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ।

    images
    images

    पदीय जिम्मेवारीको दुरुपयोग गरी अर्का प्रतिवादी सुनिलसँगको मिलेमतोमा उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ रिसवत लिएको ठहर अख्तियारले गरेको छ। यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकाले सोही दफाको उपदफा (१) को देहाय (क) अनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिइएको छ।यस्तै प्रतिवादी सुनिल नाछिरिङ राईले पनि उपाध्यक्ष राईसँग मिलेमतो गरी सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस रकम लिएर प्रयोगमा ल्याएको पाइएको छ। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर भएकाले सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) अनुसार कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend