images

२०८३ आश्विन २ गते

images
images
images

घडियाल गोहीको प्राकृतिक वासस्थान जोखिममा

घडियाल गोहीको प्राकृतिक वासस्थान जोखिममा

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • बाँके। स्थानीय राप्ती नदीमा छाडिएको दुर्लभ प्रजातिका घडियाल गोहीको संरक्षण तथा प्राकृतिक बासस्थान जोखिममा परेको छ।बाँके राष्ट्रिय निकुञ्जले तीन वर्षदेखि मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने उक्त नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले नदीमा छाडेका ती गोही अहिले निकै कम देखिएको स्थानीयको भनाइ छ।गोही संरक्षणमा लागेकी राप्ती सोनारी–१ की स्थानीय शारदा खुनाले अहिलेसम्म राप्तीमा २५ वटा गोही छाडिएको भए पनि सङ्ख्या बढ्दै जानुको सट्टा घट्दै गएको भनी चिन्ता व्यक्त गरिन्। गत वर्ष अनुगमनमा १२ वटा गोही देखिएको उल्लेख गर्दै यस वर्ष भने गणना गर्न बाँकी रहेको जानकारी दिइन्। नदी वरिपरि मान्छेको आवतजावत र आहारा प्रजाति नहुनुजस्ता कारणले राप्तीमा घडियालको वासस्थान सङ्कटमा परेको खुनाको भनाइ छ।

    images
    images

    प्राकृतिक वासस्थानका रुपमा रहेको त्यस नदीमा घडियाल गोहीको वासस्थान जोखिममा परेकाले गोहीको सुरक्षा हुन नसकेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले राप्तीमा घडियाल गोहीको वासस्थान जोखिममा रहेको बताउँछन्।नदीमा आश्रित समुदायका लागि आयआर्जनको विकल्प नखोजेसम्म राप्तीमा घडियाल संरक्षण गर्न चुनौती रहेको उनको भनाइ छ। अध्यक्ष खड्काका अनुसार राप्तीमा आश्रित समुदायका कारणले गर्दा पनि यहाँ घडियाल गोही असुरक्षित भएका हुन्।अहिले पनि ठुलो समुदाय नदीमा आश्रित रहेको छ र सो समुदायले माछा मार्ने र सुन चालेर जीविकोपार्जन गर्ने भएकाले नदीमा आश्रित रहेका समुदायलाई विकल्प दिनुपर्ने उनले उल्लेख गरे। पर्यटकीय गतिविधिसँग जोडेर नदीमा आश्रित समुदायलाई जीविकोपार्जनसम्बन्धी काम दिन सकिनेमा जोड दिँदै खडकाले राप्तीमा घडियाल गोहीको संरक्षण हुन नसकेको बताए।

    निकुञ्जका कार्यालय प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलले पछिल्लो समयमा सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेको अवस्थामा गोही संरक्षणमा चुनौती देखिएको बताए। उनले नदीमा गोहीको आहारा माछाको पनि कमी भएको उल्लेख गर्दै मानवको आवतजावतले पनि गोही संरक्षणमा अवरोध खडा गरेको बताए।गोही विज्ञका अनुसार घडियाल विशेषगरी नेपाल र भारतमा मात्रै पाइन्छ । केही वर्ष अगाडि पाकिस्तान, भुटान र बङ्गलादेशमा घडियाल फेला परेको जनाइएको छ । घडियाललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले पनि संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरेको छ।गोहीलाई कसैले मारेको खण्डमा सजाय हुने व्यवस्था गरिएको छ। कसैले शिकार गरेमा वा मारेको ठहर भएमा रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।गोहीविज्ञका अनुसार ‘मगर’ प्रजातिको गोहीभन्दा ‘घडियाल’ शान्त स्वभावको मानिन्छ। घडियाल मान्छेलाई आक्रमण गर्दैन। घडियालको प्रमुख आहारा माछा हो। सफा पानीमा मात्र बस्न रुचाउने घडियाल गोहीका लागि राप्ती नदी उपयुक्त वासस्थान भए पनि नदी आसपास मानव बस्तीले संरक्षणमा चुनौती खडा गरेको छ।माछा मार्ने व्यवसाय गर्दैआएका खुना, कुमाल, बादीलगायतका समुदायको राप्ती नदी आसपासमा बाक्लो बसोबास रहेकाले घडियाल गोहीको प्राकृतिक वासस्थान जोगाउन पनि चुनौतीपूर्ण रहेको स्थानीयकै भनाइ छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend