images

२०८३ आश्विन १ गते

images
images
images

कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न

कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा भदौ ३१ गते काठमाडौंको भाटभाटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मिति देखि २०८३ साल असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    images
    images

    त्यस्तै, बैंकका शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ।

    सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२।८३ को वार्षिक वित्तीय विवरण पारित गरेको छ। जसअन्तर्गत वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित भएका छन्।

    images
    images

    साधारणसभाले बाह्य लेखापरीक्षकका रूपमा एन.बि.एस.एम. एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ।

    सभामा शेयरधनीहरूले बैंकको वित्तीय अवस्था, लाभांश तथा आगामी रणनीतिसहित विभिन्न विषयमा राखेका जिज्ञासाको जवाफ सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए।

    शेयरधनीका जिज्ञासाको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत थकालीले बैंक निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई थप दिगो र सबल बनाउनेतर्फ प्रतिबद्ध रहेको बताए।

    बैंकले आगामी दिनमा वित्तीय स्थायित्व, व्यवसाय विस्तार तथा शेयरधनीको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend