काठमाडौँ । आर्थिक तथा समसामयिक विषयवस्तुमा केन्द्रित डिजिटल सञ्चारमाध्यम अर्थसमाचारले आश्विन महिनाको डिजिटल क्यालेण्डर सार्वजनिक गरेको छ।
आश्विन महिनामा पर्ने महत्वपूर्ण तिथि, पर्व, सार्वजनिक बिदा तथा आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण दिनहरूलाई समेटेर डिजिटल क्यालेण्डर तयार गरिएको हो।
डिजिटल माध्यममार्फत सहज रूपमा प्रयोग गर्न सकिने क्यालेण्डरले पाठक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित सरोकारवालालाई महत्वपूर्ण मिति तथा कार्यक्रमबारे जानकारी लिन सहज हुने अपेक्षा गरिएको छ।
पछिल्लो समय डिजिटल क्यालेण्डरको प्रयोग बढ्दै गएको अवस्थामा अर्थसमाचारले पाठकको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै मासिक रूपमा क्यालेण्डर सार्वजनिक गर्ने पहल अघि बढाएको जनाएको छ।
आश्विन महिना नेपालीहरूको महत्वपूर्ण पर्व तथा सांस्कृतिक गतिविधिले भरिपूर्ण महिना भएकाले यस महिनाका महत्वपूर्ण मिति र अवसरहरूलाई डिजिटल रूपमा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले क्यालेण्डर सार्वजनिक गरिएको अर्थसमाचारले जनाएको छ।




.gif)





