images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • करदाता प्रोत्साहन उपहारको नतिजा आज घोषणा...

करदाता प्रोत्साहन उपहारको नतिजा आज घोषणा हुँदै

करदाता प्रोत्साहन उपहारको नतिजा आज घोषणा हुँदै

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ ।  अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गरिने भएको छ। आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाभरका कुल ३३ जना भाग्यशाली विजेताहरूको नाम आज घोषणा गर्न लागिएको हो । भदौ महिनाका विजेता ३१ जनाले जनही एक लाख रुपैयाँ र बम्पर उपहार विजेता २ जनाले १० लाख रुपैयाँ पाउने भएका छन् ।

    images
    images

    विभागले कार्यक्रमको प्रत्यक्ष घोषणा कार्यक्रममा सञ्चारकर्मीलाई उपस्थित हुन अनुरोध गरेको छ । यसअघि भोटेकोशी बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend