काठमाडौँ । नेपाल सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत दैनिक पुरस्कार विजेताहरूको सूची सार्वजनिक भएको छ । भदौ १६ गतेदेखि ३१ गतेसम्मको कारोबार विवरणका आधारमा विजेता उपभोक्ताहरूको सूची सार्वजनिक गरिएको हो ।
सार्वजनिक विवरणअनुसार विभिन्न व्यावसायिक प्रतिष्ठानबाट वस्तु तथा सेवा खरिद गरी विद्युतीय बिल लिने उपभोक्ताहरू यो प्रणालीबाट पुरस्कृत भएका छन् । सरकारले बजारमा पारदर्शी कारोबार बढाउन र कर प्रणालीलाई व्यवस्थित गर्न यस्तो कार्यक्रम ल्याएको हो ।








.gif)





