काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि काठमाडौं विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८५ लाख रुपैयाँ सहयोग गरेको छ।विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार उक्त रकम काठमाडौं विश्वविद्यालयको तर्फबाट एकेडेमिया इन्ड्रस्ट्री कोअपरेसन विभागका प्रमुख लक्ष्मण लामाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई बिहीबार हस्तान्तरण गरेका हुन्।
विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।काठमाडौं विश्वविद्यालयले शिक्षा, अनुसन्धान तथा ज्ञान उत्पादनका साथै विपद् र संकटका समयमा मानवीय सहायता तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। यही प्रतिबद्धताअनुसार विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८५ लाख रुपैयाँ उपलब्ध गराएको हो।रकम हस्तान्तरण गर्दै लामाले विपद्का कारण प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले कठिन परिस्थितिमा पीडित नागरिकसँग काठमाडौं विश्वविद्यालयको ऐक्यबद्धता रहेको उल्लेख गर्दै मानवीय सहयोगलाई विश्वविद्यालयले आफ्नो सामाजिक दायित्वका रूपमा लिएको बताए।
‘विपद्को यस कठिन घडीमा पीडित नागरिकसँग काठमाडौं विश्वविद्यालयको ऐक्यबद्धता छ। राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग पुर्याउनु हाम्रो सामाजिक दायित्व पनि हो,’ लामाले भने।विश्वविद्यालयले उपलब्ध गराएको उक्त सहयोगबाट बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ।




.gif)





