images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सुरु भयो घरजग्गा एक्स्पो, सभामुखले गरे...

सुरु भयो घरजग्गा एक्स्पो, सभामुखले गरे उद्घाटन

सुरु भयो घरजग्गा एक्स्पो, सभामुखले गरे उद्घाटन

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  •  काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ। जग्गा तथा आवास निर्माणसम्बन्धी विभिन्न सामग्री, सेवा तथा प्रविधिबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी असोज ४ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा आवास निर्माण तथा जग्गासम्बन्धी विभिन्न पक्षबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ । प्रदर्शनीको उद्घाटन सभामुख डीपी अर्यालले गरेका छन्।

    images
    images

    उद्घाटन गर्दै सभामुखले नेपाली युवाहरूको विदेश पलायनलाई रोक्न र देशमै अवसर सिर्जना गर्न आफू राजनीतिमा आएको बताएका छन् । अर्यालले श्रीमतीको साडी किन्नसमेत विदेश जाने प्रवृत्तिको अन्त्य गर्न राजनीतिमा होमिएको बताउँदै नेपालमा धेरै ठाउँ खाली रहेको र त्यहाँ विकासका काम गर्न सकिने बताए। अहिले विदेश जानेहरूको संख्या अत्यधिक रहेको औँल्याउँदै उहाँले समाजलाई माथि उठाउन, सबैलाई समेट्न र आफ्ना सन्ततिलाई नेपालमै रोक्नका लागि सरकारले दीर्घकालीन कानुन र ठोस नीति बनाउनुपर्नेमा जोड दिए।साथै, पेसालाई मर्यादित बनाउँदै त्यसको संरक्षण गर्नु सरकारको कर्तव्य भएको बताउँदै उहाँले सरकारले व्यापार गर्नुभन्दा पनि स्पष्ट नियम बनाएर निजी क्षेत्रलाई सुरक्षा र व्यवसाय सञ्चालनको जिम्मा दिनुपर्ने धारणा व्यक्त गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend