images

२०८३ आश्विन २ गते

images
images
images

संसदीय विशेष समिति गठनबारे छलफल निष्कर्षविहीन

संसदीय विशेष समिति गठनबारे छलफल निष्कर्षविहीन

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौं।  रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठनका लागि कार्यादेश (टीओआर( तयार गर्ने विषयमा दलहरूबीच भएको छलफल निष्कर्षविहीन भएको छ।बिहीबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीको अग्रसरतामा बसेको विभिन्न दलका नेताहरूको बैठकमा समितिको स्वरूप, सदस्य संख्या, कार्यावधि र जिम्मेवारीका विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको हो।छलफलमा सहभागी नेकपा एमालेकी सांसद पद्मा अर्यालका अनुसार संसदीय विशेष समिति कस्तो बनाउने, कति समयका लागि गठन गर्ने र समितिले के–के काम गर्ने भन्ने विषयमा छलफल भएको थियो। तर बिहीबारको बैठकबाट कुनै निष्कर्ष ननिस्किएको उनले बताइन्।

    images
    images

    उनका अनुसार अर्को बैठकमा सहमति जुटाउने गरी छलफल अघि बढाउने समझदारी भएको छ।नेपाली कांग्रेसका सांसद निष्कल राईले आफूहरूले संसदीय विशेष समिति सानो आकारको बनाउन प्रस्ताव गरेको बताए। उनले समितिको कार्यावधि तीन महिना राखेर आवश्यक परे पछि थप गर्न सकिने प्रस्ताव गरिएको जानकारी दिए।‘हामीले तीन महिनाको समिति बनाऔँ, आवश्यक पर्‍यो भने पछि समय थपौँला भनेका छौँ,’ राईले भने, ‘यसमा पक्ष–प्रतिपक्षभन्दा पनि विपद्मा सबै एक हुनुपर्छ।’राईका अनुसार समितिमा रास्वपाले आफ्नो संसदीय उपस्थितिका आधारमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेपछि सदस्य संख्याका विषयमा सहमति हुन सकेन।

    उनले कांग्रेसलगायतका दलले ‘पाँच बराबर दुई बराबर एक’को आधारमा समिति गठन गर्न प्रस्ताव गरेको बताए। समितिको संयोजक पनि जिम्मेवारीअनुसार प्रभावकारी नेतृत्व दिन सक्ने वरिष्ठ नेता हुनुपर्ने प्रस्ताव गरिएको उनको भनाइ छ।तर रास्वपाले भने संसद्मा दलहरूको संख्यात्मक उपस्थितिका आधारमा समितिमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेकाले बैठक निष्कर्षमा पुग्न नसकेको राईले बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend